मोटरसाइकल ठाेक्किँदा दुई जनाको मृत्यु

कैलालीमा दुई मोटरसाइकल ठाेक्किँदा दुई जनाको मृत्यु भएको छ।
शुक्रबार टीकापुर नगरपालिका-४ असनेरीमा दुई मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक बेदप्रकाश जाेशीले जानकारी दिए।
से ३ प ९७४६ र लु ७४ प ४०७४ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएका थिए।
साे दुर्घटनामा १७ वर्षीय मन्जील कार्की र २५ वर्षीय प्रजापती चौधरीको मृत्यु भएको प्रहरीले जनाएको हो।
दुर्घटनामा घाइते भएका दिवस चौधरीकाे काेहलपुर मेडिकल कलेजमा उपचार भइरहेको जाेशीले बताए।