प्युठानमा बस दुर्घटना : एक वर्षीया बालिकाको मृत्यु, १५ जना घाइतेलाई घोराही ल्याइयो


 

 

 



प्युठानमा भएको बस दुर्घटनामा एक वर्षीया बालिकाको मृत्यु भएको छ। थप १५ जना घाइतेलाई दाङ घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान ल्याइएको छ।

 

 

दाङका प्रहरी प्रवक्ता डिएसपी मुकुन्दप्रसाद रिजालले दुर्घटनामा घोराही उपमहानगरपालिका वडा नं. १ की एक वर्षीया अंशु परियारको मृत्यु भएको सेतोपाटीलाई बताए।

 

 




‘प्रतिष्ठानमा ल्याएका घाइतेमध्ये एक जना बालिकाको मृत्यु भएको छ,’ डिएपसी रिजालले भने, ‘थप १५ जना घाइतेलाई घोराही ल्याइएको छ र अन्य घाइतेलाई पनि ल्याउने क्रम जारी छ।’

 

 

जिल्ला प्रहरी कार्यालय प्युठानका प्रहरी प्रमुख डिएसपी सत्यनारायण थापाले घाइतेमध्ये २० जनाको अवस्था गम्भीर रहेको सेतोपाटीलाई बताए।

 

 

दुर्घटना शनिबार बिहान साढे १० बजेतिरको हो। प्युठानको अरङखोला ढिकावनबाट दाङको घोराहीतर्फ आउँदै गरेको ना३ख ७१३२ नम्बरको बस दुर्घटना परेको  हो।

 

 

 

दुर्घटनामा ३० जना घाइते भएको प्रहरीले जनाएको छ। तीव्र गतिका कारण बस दुर्घटना भएको हुन सक्ने आशंका गरिएको छ।

 

 

‘दुर्घटना साढे १२ बजेतिरको हो र अहिले पनि स्थानीय तथा प्रहरी मिलेर उद्धारको कार्य जारी छ,’ डिएसपी थापाले भने।

 

 

प्युठानको अरङखोला ढिकावनबाट दाङको घोराहीतर्फ आउँदै गरेको ना३ख ७१३२ नम्बरको बस शनिबार मध्याह्न दुर्घटना भएको हो।

 

 

दुर्घटनाका घाइतेलाई उद्धार गरी स्वास्थ्य चौकीमा पुर्‍याउने कार्य जारी रहेको डिएसपी थापाले बताए। दुर्घटनाको कारण खुल्न सकेको छैन।



सम्बन्धित
Loading...