नवलपुरमा पल्टिएकाे ट्रकमा भेटियाे लागुऔषध

नवलपुर । नवलपुरमा दुर्घटनामा परेकाे ट्रकबाट प्रहरीले लागुऔषध बरामद गरेकाे छ।
पल्टिएकाे ट्रकबाट नवलपुरमा १४७ एम्पुल लागु औषध नियन्त्रणमा लिएकाे नवलपुर प्रहरीले जनाएकाे छ।
पूर्वी नवलपरासीको मध्यबिन्दु नगरपालिकाको वाड नं-१० खहरे खोला नजिकै पूर्व पश्चिम राजमार्गमा नेपालगञ्ज देखि काठमाडौं आउँदै गरेको ना ६ख ५२०० नम्बर को चामल लोड गरी ल्याएको ट्रक आफैं अनियन्त्रित भई सडकमा पल्टिएको थियाे ।
कुनै पनि मानवीय क्षति र बाटो आभरोध पनि नभएको प्रहरी चौकी अरुणखोलाले बताएको छ।
ट्रकमा भने लुकाई छिपाई राखेको ४९ एम्पुल डाईजपाम , ४९ एम्पुल फेनारगन , ४९ एम्पुल नोफिन गरि जम्मा १४७ एम्पुल लघु औषध प्रहरी टोली गस्ती गर्दै जाने क्रम मा फेला परेको प्रहरीले बताएको छ ।
ट्रक चालक चितवन जिल्ला बस्ने वर्ष ३९ को संजय खरेललाई नियन्त्रणमा लिएको छ ।
प्रहरीले थप अनुसन्धान कार्य भइरहेको जानकारी दिएको छ ।