शौच गर्न घरनजिकै खेतमा गएकी महिला बलात्कृत


 



रौतहटको फतुवा बिजयपुर नगरपालिका–२ सितलपुरमा एक महिला बलात्कृत भएकी छन् ।

 

सोमबार राति घर नजिकै खेतमा शौच गर्न गएकी महिला बलात्कृत भएकी हुन् ।

 




जिल्ला प्रहरी प्रमुख एसपी बिनोद घिमिरेले रातको अँध्यारोमा खेतमा शौच गर्न गएको मौका पारी जबरजस्ती करणी गरेको आरोप लागेका सोही स्थानका २१ वर्षीया रुपलाल पटेललाई प्रहरीले खोजी गरिरहेको छ ।

 

स्वास्थ परिक्षणको लागि पीडित महिलालाई जिल्ला अस्पताल गौर पठाउने तयारी भइरहेको ईलाका प्रहरी कार्यालय लक्ष्मीनियाले जनाएको छ ।

 



सम्बन्धित
Loading...