नवलपुरमा करेन्ट लागी एक घाइते


 



नवलपुरमा एक जना पुरुष करेन्ट लागि गम्भीर घाइते भएका छन्।

 




पूर्वी नवलपरासीको कावासोती नगरपालिका वार्ड नम्बर -१६, डण्डा पिप्रेनी स्थित हुप्सेकोट जाने भित्री सडखण्डमा राखेको सडक बत्ती बिग्रिएको र बत्ती फेर्ने क्रममा अचानक करेन्ट लागी एक पुरुष घाइते भएका छन्।

 

करेन्ट लागेर कावासोती नगरपालिका वार्ड नम्बर-१७ बस्ने वर्ष ४१ का दामोदर लम्साल घाइते भएका हुन्।

 

उनको अवस्था गम्भीर रहेको छ ।

 

उनलाई मध्यबिन्दु जिल्ला अस्पताल डण्डा मा सामान्य उपचार पश्चात् पुरानो मेडिकल कलेज, चितवन पठाइएको अस्थायी प्रहरी पोष्ट डण्डाले बताएको छ।

 

उनको मेडिकल कलेजमा उपचार भइरहेको र अवस्थामा पनि केही सुधार आएको प्रहरीले बताएको छ।

 



सम्बन्धित
Loading...