कावासोतीकी हिरा कुमारी २८ दिन देखि बेपत्ता


२८ दिनदेखि हराईरहेकी महिला भेटिइनन् । कावासोती ७ साँढ निवासी २७ दिनदेखि हराईरहेकी ३७ बर्षकी हिरा कुमारी महतो अझै नभेटिएको परिवार स्रोतले जनाएको छ ।

गत फागुन ११ गते विहान ६ः५० बजे ३ दिनका लागि पोखरा जाने भनेर घरबाट निस्किएकी हिरा कुमारी अझै सम्पर्कमा नआएकोले खोजी गरिदिन परिवारले आग्रह गरेको छ ।
फागुन १४ गते जिल्ला प्रहरीमा पनि निवेदन दिएको तर अझै सम्पर्कमा नआएकाले मिडियामा आउनु परेको निजको ठूलो छोरा नविन महतोले  जानकारी दिनु भयो ।


सम्बन्धित
Loading...