नवलपुरमा भारतीय ट्रककाे ठक्करबाट साईकल यात्रिकाे निधन

नवलपुर । पूर्वी नवलपरासी गैडाकाेट नगरपालिका वडा नम्बर ८ ग्लाेबल आईएमई बैङक नजिकै ट्रकले साईकल यात्रीलाई ठक्कर दिँदा एक जनाकाे पुरूषकाे निधन भएकाे छ ।
पश्चिमबाट पूर्व तर्फबाट आउँदै गरेकाे भारतीय ट्रक युपी ९३ बी टी ४७४५ नम्बरको ट्रकले साेही दिशातर्फ जाँदै गरेकाे साईकल यात्रीलाई ठक्कर दिँदा यात्रीकाे निधन भएकाे हाे ।
ठक्करबाट गम्भीर घाईतेकाे भरतपुर सरकारी अस्पताल उपचारकाे क्रममा निधन भएकाे नवलपुर प्रहरीले जनाएकाे छ । मृतककाे पहिचान नखुलेकाे प्रहरीले जनाएकाे छ । ट्रक र चालक प्रहरीकाे नियन्त्रणमा रहेकाे छ ।


