आम जनतालाई ज्ञानेन्द्र शाहीको प्रश्नः नेपालबाट राजतन्त्र हटाएर हामीले के पायौँ?
काठमाडौ। राष्ट्रिय प्रजातन्त्र पार्ट्री (राप्रपा)का प्रवक्ता ज्ञानेन्द्रबहादुर शाहीले ‘नेपालबाट राजतन्त्र हटाएर के पायौँ?’ भन्दै आम नागरिकलाई प्रश्न गरेका छन्। शुक्रबार मोरङको रतुवामाईमा आयोजित सभालाई सम्बोधन गर्दै उनले राजा हटाएर हामीले के पायौँ भन्दै प्रश्न गरेका हुन्।
‘देशको अर्थतन्त्रको नास गर्यौँ, भाइ–भाइ लडेयौँ समाजमा तथानामका जातीय, वर्गीय द्वन्द गर्यौँ। नेपाली जनताले रगत बगाए, ’प्रवक्ता शाहीले भने,‘वास्तममा राजतन्त्र हटाएर के पायौँ? नेपाली जनता र देशले के पाए?’ उनले यो देशमा विदेशीवादभन्दा नेपालमा सुहाउँदो वादको आवश्यकता भएको बताएका छन्।
‘स्वदेशी विचारसहित संवैधानिक राजतन्त्र र जनताबाट प्रतक्ष निर्वाचित प्रधानमन्त्री यो देशको साशन व्यवस्था कायम गर्नुपर्छ, ’उनले भने।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता तथा प्रवक्ता ज्ञानेन्द्र शाहीले पृथ्वीनारायण शाहको दिब्य उपदेश नै मुलुक सुहाउँदो अर्थ राजनैतिक सिद्धान्त भएको बताएका छन्।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता तथा प्रवक्ता ज्ञानेन्द्र शाहीले पृथ्वीनारायण शाहको दिब्य उपदेश नै मुलुक सुहाउँदो अर्थ राजनैतिक सिद्धान्त भएको बताएका छन्।
उनले मुलुक जोगाउने हो भने पृथ्वीनारायण शाहको पथमा लाग्न आह्वान पनि गरे। बिहीबार नेपाल एकीकरणको सुरुवात भएको स्थान गोरखाको भूमिबाट राष्ट्रनिर्माता पृथ्वीनारायण शाहलाई सम्झिएर शाहीले भने, ‘पृथ्वीनारायण शाहको दिब्य उपदेश नै यो मुलुक सुहाउँदो अर्थ राजनैतिक सिद्धान्त हो।’
पृथ्वीनाराण शाहका कारण नै आज हामी नेपाली हुँ भनी गर्व गर्न सकिरहेको उनले बताए। उनले भने, ‘यो मुलुकको निर्माण कसैले गरेको हो भने त्यो एक मात्र व्यक्ति पृथ्वीनारायण शाह हो। जसका कारणले आज हामी शानसँग नेपाली हुँ भनेर हिँड्न पाएका छौँ। यदी पृथ्वीनारायण शाहले यो मुलुकको एकीकरण नगर्दिनुभएको भए हामी भारत र चीनका गुलाम भैसक्ने थियौँ।’
शाहीले अगाडी भने, ‘हामीलाई दुनियाँमा फेल भैसकेको कुनै विदेशी दलालको मार्क्सवाद र लेनिनवाद चाहिएको होइन, हामीलाई पृथ्वीनारायण शाहको पथमा अधिन रहने नेपाल सुहाउने व्यवस्था नेपालवाद चाहिएको हो।’ पार्टीको कार्यक्रममा अध्यक्ष लिङ्देन र अन्य पधाधिकारी सहित शाही गोरखा पुगेका छन्।