माअाेवादी केन्द्रकाे नवलपुर जिल्ला संयाेजकमा धनप्रसाद


 



 

 

नेपाल कम्युनिष्ट पार्टी ( माओवादी केन्द्र ) नवलपुर जिल्ला समन्वय समितिको संयोजकमा धनप्रसाद सापकोटा मनाेनित हुनु भएकाे छ ।

 




चैत्र १८ गते पाेखरामा बसेकाे प्रदेश समितिले उक्त सिफारिस गरेकाे प्रदेश उपाध्यक्ष मित्रशरण शर्माले जानकारी दिनु भयाे । यसअघि जिल्लाकाे संयाेजकमा मित्रशरण शर्मा विहानी हुनुहुन्थ्याे, उहाँ प्रदेश समितिकाे उपाध्यक्ष भएपछि धनप्रसाद सापकाेटालाई जिल्ला संयाेजक बनाईएकाे हाे ।

 

सापकाेटा यस अघि नै एकीकृत माअाेवादी हुँदा जिल्ला संयाेजक भईसक्नु भएकाे थियाे भने अहिले गण्डकी प्रदेश समितिकाे सचिवालयमा रहनु भएकाे थियाे ।

 

माअाेवादी केन्द्रले जिल्ला समिति हटाएर जिल्ला समन्वय बनाएकाे छ । समन्वयमा प्रदेश समितिका सबै, ८ वटा पालिकाकाे ५/५ जना र २५% मनाेनित गरि ६२ देखि ६५ जनाकाे समन्वय समिति बनाउने जनाईएकाे छ ।



सम्बन्धित
Loading...