अबको पाँच वर्षका लागि देश बनाउने जिम्मा कांग्रेसलाई दिनुहोस् देश लाई अमेरिका जापान हङकङ जस्तो देस बनाउँछौं : गगन थापा


नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अबको पाँच वर्षका लागि देश बनाउने जिम्मा कांग्रेसलाई दिनुपर्ने बताएका छन्। ‘कम्युनिष्टहरुले पाँच वर्ष शासन गरेको हामीले हेरिसक्यौं, यदि देश बनाउने हो भने नेपाली जनताले पाँच वर्षका लागि कांग्रेसलाई जिम्मेवारी दिनुपर्छ,’ बाँकेको कोहलपुरमा आयोजित पार्टीको सभालाई सम्बोधन गर्दै उनले भने।



कांग्रेसले अबको पाँच वर्षमा देशमा परिवर्तन ल्याउने थापाले ठोकुवा गरे। आसन्न निर्वाचनका विषयमा पार्टीभित्र विभिन्न बहस चलिरहेको भन्दै उनले निर्वाचनमा कांग्रेस एक्लै भिड्नुपर्ने आम कार्यकर्ताको भावना रहेको बताए।

‘आउँदो चुनावमा रुख चिन्हमा भोट हाल्न पाउनुपर्छ भन्ने कार्यकर्ताको भावना छ, तर रुख चिन्हमा भोट हाल्दै गर्दा हामी तलमाथी गर्दैनौं भन्ने प्रतिवद्धता पनि चाहिएको छ।’




पार्टीको निर्वाचन भर्खरै सम्पन्न भएको र आसन्न निर्वाचनमा जित्ने ब्यक्तिले सबैलाई समेटेर लैजानुपर्ने बताए। कम्युनिष्टहरुले एमसिसीका विषयमा सिर्जना गरेको भ्रम गाउँ गाउँसम्म पुगेको भन्दै कांग्रेसले वास्तविक कुरा जनतालाई बुझाउन सुरु गरेको बताए। ‘काम गर्ने एउटा, बोल्ने अर्को कम्युनिष्टको चरित्र हामीले देखिसक्यौं,’ महामन्त्री थापाले भने।

एमसिसीको विषयमा फैलाइएको भ्रमका कारण अहिले साना बालबालिकाको समेत गलत बुझाई भइरहेको बताए। एमसिसी नेपालका लागि एउटा सामान्य परियोजना मात्रै भएको र यसले बिद्युत उत्पादन गरेर नेपालमा आर्थिक रुपले टेवा पुरयाउने प्रष्ट्याए ।

कांग्रेस क्षेत्र नम्बर १ ले आयोजना गरेको उक्त सभालाई कांग्रेस केन्द्रीय सदस्यहरु दीपक गिरी, सञ्जय गौतम, मैकुलाल बाल्मिकी, लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुन लगायतले सम्बोधन गरे।

माओवादीको बोल्ड निर्णय, २८ कमाण्डले नै हल्लियो एमाले-कांग्रेसको मुल जरो…

सत्तारुढ दल नेकपा माओवादी केन्द्रले चुनाव केन्द्रीत गतिविधिलाई तिब्रता दिएको छ । घोषित मिति २०७९ बैशाख ३० गते स्थानीय चुनाव नहुने हो कि भनेर विपक्षी दलले आशंका गरिरहेका बेला माओवादीले चुनावी अभियानलाई तिब्र बनाएको हो ।



सम्बन्धित
Loading...