झापामा पुगेर रेखा थापाले भनिन्, ‘नारीहरू चुलो–चौकामा सीमित भएको हैन, देश हाँकेको हेर्न चाहन्छु, सेवक हुने मौका दिनुहोस्’


झापामा पुगेर रेखा थापाले भनिन्, ‘नारीहरू चुलो–चौकामा सीमित भएको हैन, देश हाँकेको हेर्न चाहन्छु, सेवक हुने मौका दिनुहोस्’



तेजन खड्का, झापा :

राप्रपा नेपालकी केन्द्रीय सदस्य रेखा थापाले आफ्नाे पार्टीले विकासका पूर्वाधारको जिम्मा लिने बताएकी छिन्।झापाको दमकमा आयोजित बृहत आमसभालाई सम्बोधन थापाले शिक्षा, स्वास्थ्य तथा जनताको आधारभूत आवश्यता पुरा गर्ने बताएकी हुन्।




उनले भनिन्, ‘हामी बोलेर हैन, गरेर देखाउँछौँ। जनताको आवश्यकता, समस्या के छ? हामीले नजिकबाट नियालेका छौँ। हामी त्यस्ता समस्याहरूप्रति गम्भीर छौँ।’

उनले जनप्रतिनिधीले सुकुम्बासीहरुको घरमा डोजर लगाएकोप्रति दुखेसो व्यक्त गरिन्।‘सुकुम्बासीहरु पनि यहिँका नागरिक हुन्, सुकुम्बासीको घरमा डोजर लगाउन पाइँदैन, यदि लगाउने हो भने उनीहरुको व्यवस्थापन गर्नुपर्यो।’

जनताले जिताएर पठाएका जनप्रतिनिधिहरुबाटै जनता नै दुखी भएको उनले तितो यथार्थ पोखिन्। उनले आफू राप्रपामा प्रवेश गरेपछि आमनेपाली दाजुभाईकाे मुहारमा खुशीको बहार देखिएको बताइन्। उनले भनिन्, ‘राष्ट्रवादी पार्टीमा समाहित भएर देश विकासमा हातेमालो गर्न आग्रह गर्दछु।’

‘नारीहरू अब कमजोर छैनन्। नारीहरु चुलो-चौकामा सीमित भएको हैन, देश हाँकेको हेर्न चाहन्छु’, विशाल आमसभाका बिचमा उनले भनिन्, ‘हामी सपना देखाउन आएका हाेइनाैँ, पुरा गर्न आएका हौँ। तर यसमा सबैको हातेमालो आवश्यक छ।’

‘मैले धेरै दिदीबहिनीहरु सपनाविहीन भएको देखेको छु। हाम्रो पार्टीले सीप र शिक्षाको सुनिश्चितता गर्छ। रेखा थापा भिड भेला पर्न आएको छैन। मलाई कलाकारिताले जिउन सहज भएको छ। अब हाम्रो जिम्मा देश बनाउने हो। यो मेरो प्रतिबद्धता हो’, उनले आत्मविश्वास व्यक्त गरिन्।

महिला दिदि बहिनीलाई लक्षित गर्दै उनले दिदी बहिनीहरु नै आफ्नो महान नेता भएको बताईन्। उनले भनिन्, महिला दिदीबहिनीहरु मेरो महान नेता हो, म त उहाँहरुका प्रतिनिधी पात्र मात्र हुँ।’

उनले आम नेपालीको सपना साकार पार्न राप्रपा होमिएको बताइन्। ‘अझै पनि उनीहरु अन्य पार्टीको जस्तै आश्वसन देखाउँछन्। सपना बेच्छन् ठान्नुहोला’, उनले भनिन्, ‘म कसम खाएर भन्छु, हाम्रो पार्टीले सपना देखाउँदैन, साकार गर्छ। हामीलाई सेवक हुने मौका दिनुहोस्।’

उनले युवाशक्ति विदेश पलायन हुनुपर्ने बाध्यताप्रति दुखेसो पोखिन्। ‘कसलाई विदेश गएर काम गर्ने रहर होला?’, उनले भनिन्, हामी यही देशमा रोजगारीको व्यवस्था गर्छौँ। नारीहरुमाथि हुने महिला हिंसा रोक्छौँ।’

उनले राप्रपालाई एजेण्डाविहीन पार्टी भनेकोप्रति कडा प्रतिक्रिया दिइन्। ‘हामी काम गर्छौँ। कसैलाई हत्या, हिंसा र ढुङ्गा बोकेर सडकमा उर्तादैनौँ। सकारात्मक सोचले शान्तिपूर्ण तरिकाले देशमा परिवर्तन गर्छौँ। हामीमा त्यो आँट छ।

 



सम्बन्धित
Loading...