नवलपुरमा पानीले बाटो अवरुद्ध

नवलपुर । पूर्वी नवलपरासीको अरुणखोला चोरमारा बीच जंगलमा पानीले डाइभर्सन विग्रदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध भएको छ ।
नवलपुर प्रहरीका अनुसार आज साँझ परेको पानीले सडक अवरुद्ध भएको हो ।
प्रहरी टोली घटना स्थलतर्फ गएको नवलपुरका प्रहरी उपरीक्षक प्रज्जवल महर्जनले बताए । उनका अनुसार पानीले डाइर्भसनमा बाटो चिप्लो भएपछि सडक अवरुद्ध भएको हो ।


जुडोमा एकै परिवारका तीन खेलाडीलाई पदक
एकै परिवारका तीन खेलाडीले अम्बिकाबहादुर क्षेत्री स्मृति राष्ट्रिय खुला जुडो प्रतियोगिताको पहिलो दिन शनिबार पदक जितेका छन् । पुरुष ६६ केजी मुनि नेपाल प्रहरीका इन्द्रबहादुर श्रेष्ठ र ५२ केजी मुनि बहिनी बन्दी सहायता नियोग (पाम) की देवकीमाया श्रेष्ठले स्वर्ण तथा ४८ केजी मुनि पामकै अर्की बहिनी निशा श्रेष्ठले कास्य जिते ।
नेपाल जुडो संघको आयोजना तथा स्व। अम्बिकाबहादुर क्षेत्रीका परिवारको विशेष सहयोगमा सञ्चालित प्रतियोगिताको फाइनलमा इन्द्रले एपीएफकका निर्दोष चलाउनेलाई पराजित गरे । नेपाल आर्मीका कर्मा तामाङ र एपीएफका किरण गडेल तेश्रो भए ।
देवकीले फाइनलमा एपीएफकी रत्ना तामाङलाई हराइन् । प्रहरीकी प्रतिभा पुलामी मगर र बर्दियाकी सम्झना थापा तेश्रो बने । निशाको स्पर्धामा आर्मीकी सुमित्रा राईले फाइनलमा प्रहरीकी ओलम्पियन सोनिया भट्टलाई पाखा लगाउँदै पहिलो स्थान हात पारिन् । अर्को कांस्य जित्नेमा पीजेओकी सुनिता मगर रहिन् । प्रहरीमा भर्ना हुनुअघि इन्द्र पनि पामबाटै जुडो खेल्थे ।
नयाँ बजारको खुशिबुँस्थित बहुउद्देश्यीय मार्सल आर्ट केन्द्रमा भएको पुरुष ६० केजीमा पामका सुबोध मण्डल पहिलो भए । उनले फाइनलमा रोल्पाका विकास विकलाई पन्छाए । प्रहरीका उमेश मगर र पामका प्रवीणकुमार दियाली संयुक्त रुपमा तेश्रो भए । ७३ केजीमुनि प्रहरीका सन्जित डंगोलले बाजी मारे । उनले फाइनलमा प्रहरीकै सुदेश दोङको चुनौती समाप्त पार्दै शीर्ष स्थान कब्जा गरे । एपीएफका सुजन तामाङ र बाँकेका आयुशसिंह साउद तेश्रो स्थानमा रहे ।
महिला ५७ केजीमुनि प्रहरीकी मनिता श्रेष्ठ प्रधानले फाइनलमा एपीएफकी सुनिता थिङलाई निराश पार्दै स्वर्ण चुमिन् । आर्मीका विमला आले मगर र सिमाकुमारी चिडी तेश्रो भए । दुई दिने प्रतियोगितामा तीन विभागीयसहित २५ टिमका १ सय ५० खेलाडीको सहभागिता रहेको नेपाल जुडो संघका अध्यक्ष दीपकहर्ष वज्राचार्यले जनाएका छन् । पुरुष÷महिलामा समान ७ गरी १४ स्पर्धा समावेश छन् । प्रतियोगिताको अन्तिम दिन आइतबार ८ स्पर्धाको फाइनल हुनेछ ।