वडा कार्यालय भित्रै निजी व्यापार


 



ममता गौतम – 

कावासोती । पूर्वी नवलपरासीको कावासोती नगरपालिका ९ को वडा कार्यालय भित्रै निजी व्यापार गर्ने गरेको पाइएको छ ।

 




वडा कार्यालय भित्र वडा कार्यालयकै कार्यकक्ष र विद्युत प्रयोग गरेर र फोटोकपी, लेखापढी लगायतका निजी व्यापार चलाउने गरेको पाइएको छ ।

 

विगत एक बर्षदेखि वडा कार्यालयमा यसरी काम हुँदै आएको स्थानीयले बताए । कावासोती ९ का वडा सदस्य झलक शर्माले कार्यालय भित्र यसरी काम भएको स्वीकार गरे ।

 

उनले भने – कार्यालयले तत्काल निशुल्क सेवा दिन नसकेको र सेवाग्राहीहरु फोटोकपी लगायतका सेवा लिन टाढा जानु पर्ने अवस्था भएकोले कार्यालयमै सेवाग्राहीहरुलाई फोटो कपी लगायतका सेवा दिन सञ्चालन गरेका हौं ।

 

 



सम्बन्धित
Loading...