ट्यांकरको ठक्करले मोटरसाइकल चालकको मृत्यु, बसको ठक्करबाट एक जनाको मृ’त्यु,

धनुषामा ट्यांकरको ठक्करबाट मोटरसाइकल चालकको मृ’त्यु भएको छ।
दूध बोक्ने ट्यांकरले ठक्कर दिँदा वडा नम्बर १ चित्रपुरका १५ वर्षका विवेककुमार महतोको मृ’त्यु भएको प्रहरीले जनाएको छ।
बटेश्वर गाउँपालिका वडा नम्बर २ कार्तिककुमर बजारमा बिहीबार साँझ ट्यांकरले मोटरसाइकललाई ठ’क्कर दिएको थियो।
दुग्ध संस्थान ढल्केबरको को १ घ ५३ नम्बरको नम्बरको ट्यांकरले महतो सवार ज ५ प १३८२ नम्बरको मोटरसाइकलमा ठ’क्कर दिएको थियो।
ठक्करबाट उनको घट’नास्थ’लमै मृ’त्यु भएको इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक बेचन यादवले बताए।
श’व पोष्ट’मा’र्टमका लागि प्रादेशिक अस्पताल जनकपुर पठाइएको छ।
ठक्कर दिएलगतै टयांकर चालक फरार भएका थिए। घटनाबारे थप अनुसन्धान भइरहेको छ।
काठमाडौंको बेसिगाउँमा बसको ठक्करबाट एक जनाको मृत्यु, दुई जना घाइते
काठमाडौंको बेसिगाउँमा बसको ठक्करबाट स्कुटरमा सवार एक जनाको मृ’त्यु भएको छ । दुर्घटनामा दुई जना घा’इते भएका छन् ।
जोरपाटीबाट सुन्दरीजलतर्फ जाँदै गरेको बा ३ ख १३१८ नम्बरको बसले विपरीत दिशाबाट आउँदै गरेको बाग्मती प्रदेश ०२–०१२ प ५३२६ नम्बरको स्कुटरलाई हिजो मध्याह्न ठ’क्कर दिएको थियो ।
बसको ठक्क’रबाट स्कुटरमा सवार ओखलढुङ्गा घर भएका १८ वर्षीय दिपेन दाहालको मृ’त्यु भएको हो । उनको हि’जो दिउँसो पौने ४ बजे उपचारका क्रममा जोरपाटीस्थित नेपाल मेडिकल कलेजमा मृत्यु भएको बौद्ध प्रहरीले जनाएको छ ।
बसको ठक्करबाट स्कुटर चालक र स्कुटरमा पछाडि सवार अर्का एक जना घाइते भएका छन् । उनीहरुको नेपाल मेडिकल कलेज जोरपाटीमै उपचार भइरहेको छ । बस चालक र बसलाई प्रहरी वृत्त बौद्धले नियन्त्रणमा लिएको छ ।