एम्बुलेन्ससँग मोटरसाइकल ठाेक्किँदा एक जनाको मृत्यु


 



 

कैलालीमा मोटरसाइकल र एम्बुलेन्स ठाेक्किँदा एक जनाको मृत्यु भएको छ।

 




बिहीबार राति ८ बजे टीकापुर नगरपालीका-४ मौरनीयास्थित खक्रौलाबाट टिकापुर जाँदै गरेको से २ प २५८४ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट जाँदै गरेको भे १ च २४०९ नम्बरको एम्बुलेन्स ठोक्किएका थिए।

 

दुर्घटनामा मोटरसाइकल पछाडि सवार जानकी गाउँपालिका-३ का ५० वर्षीय छोटेलाल चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ।

 

उनको उपचारको क्रममा काेहलपुर मेडिकल कलेजमा मृत्यु भएको प्रहरीले जनाएको छ।

 

दुर्घटनामा माेटरसाइकल चालक जानकी गाँउपालिका- ६ धर्मापुरका ५० वर्षीय राम दयाल चौधरी घाइते छन्।

 

घटनापछि एम्बुलेन्स चालक बर्दिया राजापुर-७ रामपुरका ३१ वर्षीय कालिराम चौधरी प्रहरी नियन्त्रणमा छन्।

 

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

 



सम्बन्धित
Loading...