अमृताको ह`त्या भएको दाबी गर्दै तिलोत्तमामा प्रदर्शन


 



 

रुपन्देहीको तिलोत्तमामा बुधबार राति शं`कास्पद मृ`त्यु भएकी २९ वर्षीया अमृता खत्री टण्डनको ह`त्या भएको दावी गर्दै आफन्त र स्थानीयबासिन्दाले छानबिनको माग राखेर प्रदर्शन गरेका छन् ।

 




जानकीनगर भेटेनरी लाइनदेखि योगिकुटी हँदै इलाका प्रहरी कार्यालयसम्म भएको प्रदर्शनमा स्थानीय महिलाको बाक्लो उपस्थिति छ ।

 

प्रदर्शनमा सहभागीले ‘अमृतालाई न्याय देऊ’ नारा लेखिएका प्लेकार्ड प्रदर्शन गर्दै नाराबाजी गरेका छन् । बुधबार राति जानकीनगरमै माइती घरमा रहेकी अमृतालाई श्रीमान् प्रेम टण्डनले पटक–पटक फोन गरेर घरमा बोलाएको एक घण्टा नबित्दै उनको मृ-त्यु भएको माइती पक्षको दाबी छ ।

 

पछिल्लो समयमा पटक–पटक घरपरिवारले कु-टपि`ट र या-तना दिएको र बुधबार वि`ष सेवन गराएको स्थानीयबासिन्दाको आरोप छ ।

अमृताको सात वर्षअघि प्रेम विवाह भएको थियो । पटकपटक या`तना पाएको भन्दै अमृताले गत भदौमा वडा कार्यालयमा निवेदन दिएकी थिइन् । त्यसपछि आइन्दा मिलेर बस्ने सहमति भएको थियो । मृ`तकका ५ वर्षीय छोरा छन् ।

 

घर पुगेको २ घन्टा पनि नपुग्दै मृ`त्यु

 

मृ`तकका दाजु पुष्पक खत्रीका अनुसार माइतमै रहेकी अमृता ज्वाइँ प्रेम टण्डनको पटकपटकको फोनपछि बुधबार राति साढे ८ बजे घर गएकी थिइन् ।

 

घर गएपछि राति ९ बजेर ३२ मिनेटमा अमृताले दाजु पुष्पकलाई आफूलाई बचाउन र घरबाट निकाल्न भन्दै म्यासेज पठाएकी थिइन् । म्यासेज आएपछि माइती पक्ष सोधखोजमा लाग्दै थिए । तर, उनको मोबाइल अफ थियो ।

 

१० बजेर १५ मिनेटमा प्रेमले अमृता बि-रामी भएको भन्दै अस्पतालमा बोलाएका थिए । आफूहरु त्यहाँ पुग्दा अस्पतालले अमृताको पहिल्यै मृ-त्यु भइसकेको जानकारी गराएको मृ-तकका दाजु पुष्पकले बताए ।

 

मंगलबार मात्रै पनि अमृतामाथि कु`टपिट भएपछि छिमेकीले माइती पक्षलाई बोलाएका थिए ।माइतीले मिलेर बस्न आग्रह गर्दै फर्केका थिए ।

 

बुधबार साँझ अमृतालाई घरपरिवारले भारत जान दबाब दिएको तर आफूलाई ष`ड्यन्त्र गरेर मार्ने योजना बनाएको आ-शंका रहेको भन्दै उनी माइतीघर गएकी थिइन् । श्रीमान् प्रेमले घर नआए छोरालाई जे पनि गर्ने भनेपछि उनी राति साढे ८ बजेतिर घर फर्केको आमा सावित्राले बताइन् ।

 

अमृताले तिलोत्तमाकै नयाँमिलमा रहेको एक फर्निचर उद्योगमा काम गर्थिन् ।

 

माइती पक्षको जाहेरीपछि प्रहरीले मृतकका श्रीमान्, सासु र ससुरालाई पक्रेर अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता डीएसपी नवरत्न पौडेलले जानकारी दिए ।

 



सम्बन्धित
Loading...