चितुवाको छालासहित गुर्जुधाराबाट ३ जना पक्राउ




प्रहरीले दुर्लभ वन्‍यजन्तु चितुवाको छालासहित तीनजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काठमाडौं ‍गुर्जुधारा बस्‍ने २३ वर्षीय अर्जुन थिङ, मकवानपुरको थाहा नगरपालिका-१२ बस्‍ने २४ वर्षीय बालदेन वाइबा र साकेला गाउँपालिका-३ बस्‍ने ४६ वर्षीय दिलबहादुर तामाङ छन् ।

 




विशेष सूचनाको आधारमा उनीहरुलाई काठमाडौंको गुर्जुधाराबाट महानगरी प्रहरी परिसरको टोलीले पक्राउ गरेको हो ।

प्रहरीले उनीहरुको साथबाट १ मिटर ३० सेन्टिमिटर चितुवाको छाला बरामद गरेको छ ।

 

६ वर्षीय बालिकालाई करणी गरेको आरोपमा एकजना पक्राउ

 

प्रहरीले ६ वर्षीय बालिकालाई करणी गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।

प्रहरीका अन्सुअर पीडित बालिकाको अभिभावकले दिएको उजुरीको आधारमा बाराको पर्सौनी गाउँपालिका-५ घर भई पर्साको वीरगञ्‍ज महानगरपालिका-१६ बस्‍न ५५ वर्षीय पलट चौधरीलाई पक्राउ गरेको हो ।

पक्राउ परेका उनमाथि जबरजस्ती करणी सम्बन्धी कसूरमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।



सम्बन्धित
Loading...