ट्याक्टर दुर्घटना हुँदा २६ जना घाइते

दाङमा ट्याक्टर दुर्घटना हुदा २६ जना घाइते भएका छन् ।शुक्रबार साँझ भारतको उत्तरप्रदेशस्थित पाटनदेवी मन्दिरमा लागेको मेला हेर्न जाँदै गरेका यात्रु सवार ट्याक्टर दुर्घटना भएको हो ।
दुर्घटनामा घाइतेमध्ये १२ जनाको अवस्था गम्भीर छ ।
दाङका प्रहरीका अनुसार रा १ त ३७० नम्वरको ट्याक्टर गढवा गाउँपालिका–८ कोइलावास नजिक भिरालो ठाउँमा दुर्घटना हुदा घाइतेमध्ये गम्भीर १२ जनालाई थप उपचारका लागि गएराति नै कोहलपुर अस्पतालमा पठाइएको छ ।
अन्य समान्य घाइतेहरूलाई लमही अस्पतालबाट डिस्चार्ज गरिएको छ ।
अमृताको ह`त्या भएको दाबी गर्दै तिलोत्तमामा प्रदर्शन

रुपन्देहीको तिलोत्तमामा बुधबार राति शं`कास्पद मृ`त्यु भएकी २९ वर्षीया अमृता खत्री टण्डनको ह`त्या भएको दावी गर्दै आफन्त र स्थानीयबासिन्दाले छानबिनको माग राखेर प्रदर्शन गरेका छन् ।
जानकीनगर भेटेनरी लाइनदेखि योगिकुटी हँदै इलाका प्रहरी कार्यालयसम्म भएको प्रदर्शनमा स्थानीय महिलाको बाक्लो उपस्थिति छ ।
प्रदर्शनमा सहभागीले ‘अमृतालाई न्याय देऊ’ नारा लेखिएका प्लेकार्ड प्रदर्शन गर्दै नाराबाजी गरेका छन् । बुधबार राति जानकीनगरमै माइती घरमा रहेकी अमृतालाई श्रीमान् प्रेम टण्डनले पटक–पटक फोन गरेर घरमा बोलाएको एक घण्टा नबित्दै उनको मृ-त्यु भएको माइती पक्षको दाबी छ ।
पछिल्लो समयमा पटक–पटक घरपरिवारले कु-टपि`ट र या-तना दिएको र बुधबार वि`ष सेवन गराएको स्थानीयबासिन्दाको आरोप छ ।