जग्गाका विषयमा झगडा हुदा एक युवकले गरे दाउरा प्रहार गरी ६४ वर्षीय वृद्धको हत्या

६४ वर्षीय वृद्धमाथि कुटपिट गरी हत्या गरेको आरोपमा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाको सुन्दरहरैंचा नगरपालिका ६ का ३५ वर्षीय मणिकुमार तामाङ रहेका छन् ।
मणिकुमारले चैत ३० गते स्थानीय ६४ वर्षीय देवीबहादुर तामाङलाई दाउरा प्रहार गरी घाइते बनाएका थिए ।
देवीबहादुर र स्थानीय मानबहादुर तामाङबीच जग्गाका विषयमा झगडा भइरहेका बेला मणिकुमारले उनीमाथि दाउरा प्रहार गरेका थिए ।
मानबहादुर मणिकुमारका बाबु हुन् ।देवीबहादुरको न्युरो अस्पताल विराटनगरमा उपचारका क्रममा वैशाख २ गते मृत्यु भएको थियो ।
पक्राउ परेका मणिकुमारमाथि थप अनुसन्धान भैरहेको इलाका प्रहरी कार्यालय बेलबारीले जानकारी दिएको छ ।