‘महिनाभरि काम गरेको पैसा कहाँ खर्च गर्छेस्, तैंले जागिर गरेर हामीलाई के भयो र? भन्दै…
‘दाइ म म’र्न चाहन्नँ, म यहाँ बस्न नि सक्दिनँ, प्लिज दाइ हजुरको बोझ नि हुन चाहन्नँ, प्लिज दाइ मलाई यहाँबाट निकाल्न हेल्प गर्नु, म निस्किन्छु।’ चैत्र ३० गते राति ९ बजेर ३० मिनेटदेखि ३२ मिनेटको बीचमा बहिनी अमृता खत्री टण्डनले
पठाएका यी म्यासेज हेरेपछि दाइ पुष्पक खत्रीले बहिनीमाथि केही नराम्रो भइरहेको छ भन्ने अड्कल काटिसकेका थिए। अमृता आधा घन्टापहिले साढे आठ बजे रूपन्देहीको तिलोत्तमा नगरपालिका २ जानकीनगरस्थित वरपिपल पथमा रहेको माइतीबाट दुई-तिन सय मिटर परको भेटेनरी लाइनस्थित आफ्नो घर गएकी थिइन्।
घर पुगेपछि ९ बजेर १४ मिनेटमा पनि अमृताले दाइ पुष्पकको मोबाइलमा म्यासेज पठाएकी थिइन्। ‘माइतीले भन्छन् तेरो घर जा, घरकाले भन्छन् तेरो माइती जा। चेलीको जिन्दगी पनि कस्तो घर न घाटको, अब त्यो चेली कहाँ जाने? माइतीलाई इज्जत प्यारो भयो, बिहे गरेर गएकी चेलीलाई घरकाले टिक्न न दिने चेलीको फे’र्ने सास गयो।’
बहिनीका यस्ता म्यासेज देखेपछि पुष्पकले ‘तँजस्तो मान्छे म’र्ने कुरा गर्ने हो? भोलि भान्जासँग आइजा कुरा गरूम्ला’ भन्दै अमृतालाई म्यासेज पठाए पनि अमृताले भने जवाफ फर्काइनन्। पौने दशबजेतिर अमृताले वि’ष से’वन गरी अस्पताल ल्याएको भन्दै उनका श्रीमान प्रेम टण्डनले पुष्पकलाई फोन गरे।
बहिनीका यस्ता म्यासेज देखेपछि पुष्पकले ‘तँजस्तो मान्छे म’र्ने कुरा गर्ने हो? भोलि भान्जासँग आइजा कुरा गरूम्ला’ भन्दै अमृतालाई म्यासेज पठाए पनि अमृताले भने जवाफ फर्काइनन्। पौने दशबजेतिर अमृताले वि’ष से’वन गरी अस्पताल ल्याएको भन्दै उनका श्रीमान प्रेम टण्डनले पुष्पकलाई फोन गरे।
९ बजेर ३२ मिनेटसम्म दाजुसँग म्यासेजमा कुरा गरिरहेकी अमृतालाई अस्पतालले ९ बजेर ५० मिनेटमा मृ’त घोषणा गर्यो। अमृताको मृ’त्युपछि अहिले बुटवल र तिलोत्तमा अशान्त बनेको छ। माइती पक्षले अमृताले वि’ष से’वन गरेको नभई घरपरिवारले सुनियोजित रूपमा वि’षादी खुवाएर ह त्या गरेको आरोप लगाएका छन्।
तिलोत्तमा नगरपालिका-२ जानकीनगर वरपिपल पथकी अमृताको नौ वर्षपहिले जानकीनगर भेटेनरीलाइनका प्रेम टण्डनसँग प्रेमविवाह भएको थियो। प्लस टु पढ्दै गरेकी अमृतालाई मन पराएको भन्दै प्रेमको परिवार आफैं माइती पक्षसँग विवाहको प्रस्ताव लिएर गएका थिए।
प्रेमको परिवारबाट सुरूमा माग्न आए पनि अमृताको मावली टण्डन भएकोले सुरूमा उक्त सम्बन्धलाई माइती पक्षले स्वीकारेका थिएनन्। पछि प्रेमको परिवारले भगाएर विवाह गरी अमृतालाई भारतमा लगेर गए। विवाहको एक वर्षपछि नै अमृताले छोरा जन्माइन्। माइती पक्षले पनि ढोगभेट दिए।
घरपरिवारमा सामान्य ठा’कठुक भएपनि केही वर्ष सम्बन्ध ठिकै रह्यो। तीन-चार वर्षदेखि भने अमृता र घरपरिवारको सम्बन्ध सुमधुर बन्न सकेन। घरका एक्ला छोरा प्रेम भारतमा जागिर गर्थे। जानकीनगर आएपछि बेरोजगार भएका थिए। अमृताका दाजु पुष्पकका अनुसार बेरोजगार प्रेम दुई-चार सय रुपैयाँको लागि पनि आमाबुवा माथि नै निर्भर थिए।
परिवारको खर्चको व्यवस्था बुवाआमाले नै मिलाउँथे। श्रीमानले नकमाउने भएपछि अमृता पनि सासु ससुरामाथि नै निर्भर थिइन्। भागेर विवाह गरेकाले सामान्य समस्या माइतीमा लगेर सुनाउन पनि सकेकी थिइन्। पुष्पकले भने बहिनी र ज्वाइँको सम्बन्ध राम्रो नभएको बुझिसकेका थिए।
बेलाबेला बहिनीको आर्थिक समस्या टारिदिने गरे पनि उनी बहिनीलाई घरपरिवारप्रतिको जिम्मेवारी पूरा गर्नबाट पछि नहट्न सुझाइरहन्थे। सामान्य झै-झ’गडालाई सामान्य रूपमै लिन भनिरहन्थे। चैत ३० गते साँझ पनि उनले बहिनीलाई परिवारले जति नै दो’ष लगाउने गरे पनि आफू जिम्मेवारीबाट नचुक्न भन्दै सम्झाएका थिए।
गत भदौमा परिवारले सामान्य विषयमा पनि कमजोरी देखाएर खोट लगाउने, खाना खाँदा विभेद गर्ने, मानसिक रूपमा सधैँ टर्चर दिइरहँदा घरमा बस्न नसक्ने भन्दै वडा नं. २ को कार्यालयमा अमृताले निवेदन दिएकी थिइन। वडामा निवेदन दिएर उनी माइत गएकी थिईन्।
भदौ १७ गते वडाध्यक्ष दधिराम गौतमको रोहबरमा वडा सदस्यहरू, वडा सचिव, घर र माइती पक्षको बीचमा छलफल गरी अबका दिनमा घरपरिवारले सामान्य विषयमा खोट नदेखाउने र घरमा बस्ने वातावरण मिलाउने तथा अमृता पनि घरमै गएर बस्ने गरी दुबै पक्षले लिखित सहमति गरेका थिए।
त्यसपछि अमृता घरमै गएर बसे पनि श्रीमान र सासुसँगको सम्बन्ध सुमधुर बन्न सकेको थिएन। उक्त सहमतिपछि अमृताले परिवारले मानसिक रूपमा पी’डा दिने गरे पनि माइतीलाई भनेकी थिइनन्। गत असोजमा पुष्पकको विवाह भयो। अमृता छोरालाई लिएर दाजुको विवाहमा माइती गइन्।
जेठानको विवाह हुँदा प्रेम भने ससुराली गएनन्। पुष्पकले बहिनी र ज्वाइँको सम्बन्ध नसुधारिएको त्यतिबेला पनि पत्तो पाइसकेका थिए। घरभित्रको कुरा वडा कार्यालयमा समेत पुगेको कारण परिवारको बीचमा अझै पनि मतभेद रहेको हुन सक्ने भन्दै उनले त्यो विषयमा कुरा गर्न चाहेनन्।
दुई दाजुकी एकमात्र बहिनी अमृता माइतीमा पनि सबैभन्दा नजिक पुष्पकसँग नै थिइन्। घरपरिवारसँगको सम्बन्ध जति सुधार्न खोजे पनि राम्रो बन्न नसकेपछि उनले दाजुलाई पनि भन्न छोडेकी थिइन्। बरू दिनभरि घरमा बसेर झनै मानसिक तनाव झेल्नुभन्दा जागिर गर्ने भन्दै केही महिनादेखि तिलोत्तमा नयाँमिलस्थित फर्निचर उद्योगको लेखा शाखामा काम गर्न थालेकी थिइन्।