दुखद खबर स्याङ्जामा जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु, ५ गम्भीर घाइते

स्याङ्जानको वालिङमा यात्रुबाहक जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ ।
वालिङ नगरपालिकाको डाँडाखर्क भन्ने स्थानमा आज (आइतबार) बिहान जीप दुर्घटना भएको हो ।
जीपमा ११ जना सवार रहेकोमा ५ जनालाई गम्भीर घाइते अवस्थामा उद्धार गरिएको छ ।
स्थानीय बायाँटारीबाट जिल्लाकै पिंडीखोला जाँदै गरेको जीप उकालो बाटोमा दुघर्टना भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।
दाँत सफा गर्ने सही तरिका

दन्त स्वास्थ्य भनेको दाँतको मात्र स्वास्थ्य नभएर मुखको स्वास्थ्य पनि हो। दाँत तथा मुखको समस्या शरीरका अन्य रोग जस्तै प्रमुख १० रोगको रुपमा लिने गरिन्छ। मुख र यस वरपरको अंग प्रत्यंगको सम्पूर्ण स्वास्थ्य नै दन्त स्वास्थ्य हो। तर यस सम्बन्धी केही गलत धारणाहरु पनि हाम्रो समाजमा व्याप्त रहेका छन्।
दन्त स्वास्थ्य सम्बन्धी केही गलत आम धारणा
– दाँत निकाल्दा आँखा कमजोर हुन्छ।
– दाँत सफा गर्दा दाँत कमजोर हुन्छ, हल्लिन्छ वा फाटिन्छ
– जुठो खाँदा दाँतमा किरा लाग्छ।
– नक्कली दाँत राखे कमजोर भइन्छ
– उपचार गर्नु भन्दा निकाल्नु ठिक हुन्छ
– दाँत नदुख्दासम्म उपचार गर्नु हुँदैन
– कडा ब्रसले दाँत सफा गर्दा दाँत सफा, चम्किलो हुन्छ
– अन्य रोगहरुको तुलनामा दाँतको रोग गम्भीर हुँदैन
– दन्त चिकित्सालाई आधारभूत स्वास्थ्य नमानी बिलासिता र कस्मेटिक उपचार ठान्ने
– १-२ वटा दाँत बिग्रँदैमा केही हुँदैन
दाँत तथा मुख सफा गर्ने तरिका:
– बिहान र बेलुका खाना खाएपछि फ्लोराइडयुक्त दन्त मन्जन प्रयोग गरी दाँत माझ्ने
– अन्य समयमा खानेकुरा खानासाथ मुख कुल्ला गर्ने।
– दाँत बिचको सतह डेन्टल फ्लस को प्रयोग गरी सफा गर्ने
– बालबालिका २ वर्ष नपुग्दासम्म सफा कपास पानीले र २ वर्षको उमेरदेखि नरम ब्रसले दाँत सफा गरिदिने
– टाँसिने, प्रशोधित, गुलियो, धेरै तातो वा चिसो, अमिलो खाद्य पदार्थ नखाने
– धूम्रपान, मदिरा, सुर्तीजन्य पदार्थ, पान, सुपारी सेवन नगर्ने
– रेसादार, ताजा फलफूल, हरियो सागपात, दूध, माछा जस्ता सन्तुलित खानाको प्रयोग गर्ने
– हरेक ६ महिनामा दन्त परीक्षण गराउने
– याद राखौं, बिहान खाना खाइसकेपछि र बेलुका सुत्नुअघि नियमित रुपमा मुख सफा गरेमा करिब ९० प्रतिशत मुखका रोगहरूबाट बच्न सकिन्छ।