स्वयम्भूमा फेला परेको शवको खुल्यो पहिचान


 



काठमाडौंको स्वयम्भूमा मृत अवस्थामा फेला परेका पुरूषको सनाखत भएको छ।

 

 

गत शुक्रबार बिहान सवा ५ बजे काठमाडौं महानगरपालिका-१५ स्वयम्भू भगवानपाउँस्थित रेम्पोछे गुरूको मूर्ति नजिकै एक पुरूषको शव फेला परेको थियो। उनको अनुहारमा चोट लागेको अवस्थामा फेला परेको थियो।

 

 




अहिले ती पुरूषको सनाखत भएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए।

 

 

मृतक ललितपुर महालक्ष्मी नगरपालिका-८ लुभु घर भएका नरेश गौतम छन्।

 

 

घटनाको अनुसन्धान मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद-१२ को ज्यान सम्बन्धी कसूरमा दर्ता गरी अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक मैनालीले बताए।

 

 

घटनाको अनुसन्धान प्रहरी वृत्त स्वयम्भूले गरिरहेको छ।

 

 

घटना शंकास्पद भएपछि तालिमप्राप्त कुकुरसहितको टोली घटनास्थल पुर्‍याइएको थियो। त्रिवि शिक्षण अस्पताल फरेन्सिक विभागका चिकित्सक गोपाल चौधरी, परिसर र महाशाखाका एसएसपी समेत घटनास्थल पुगेका थिए।

 

 

पोष्टमार्टम गर्न शव शिक्षण अस्पतालमा राखिएको छ।



सम्बन्धित
Loading...