जनकपुरमा बाै`लाहा कुकुरकाे आ`तं`क, २५ घा`इते

जनकपुरधाम उपमहानगरपालिकाको विभिन्न चोकहरुमा बौ`ला`हा कुकुरले टोक्दा २५ जना बढी घा`इते भएका छन् । घा`इतेहरुको प्रादेशिक अस्पताल जनकपुरधाममा उपचार भई रहेको छ ।
जनकपुरधामको शिवचौक, भानु चोक र मिल्स एरिया लगायत विभिन्न चोकहरुमा २५ जना भन्दा बढीलाई ब-हुलाहा कुकुरले टो`केपछि उनीहरुको उपचार प्रादेशिक अस्पतालमा भइरहेको छ ।
कुकुरको टो-काईबाट घा`इते हुनेहरुमा औरही गाउँपालिका पोखरिया ७५ वर्षिय लक्ष्मेश्वर मण्डल, २० वर्षिय पप्पु साह, १० वर्षिय अञ्जली यादव, ६ वर्षिय सुवेक कुमार साह, ३० वर्षिय मोहन साह रहेका छन् ।
२९ वर्षिय राज साह, १९ वर्षिय रामकरण ठाकुर, १० वर्षिय सूर्यनारायण दास, १७ वर्षिय निरज महतो, २५ वर्षिय प्रमोद मुखिया, १७ वर्षिय कञ्चन ठाकुर, विष्णु माया लगायत घाइते भएको प्रादेशिक अस्पतालले जनाएको छ ।
घा-इते मध्ये धेरैजनाले भ्याक्सिङ्ग लगाएर घर फर्कि सकेका छन् भने केहीको उपचार जारी छ । केही व्यक्तिको निजि क्लिनिक र नर्सिगं होममा उपचार भइरहेको छ ।
कुकुरको टो-काइबाट रेबिजको संक्रमण हुन सक्ने जानकारहरु वताउँछन । ‘रेबिज एक भाइरस हो, जो कुकुर, बिरालो, भालु जस्ता जनावरमा पाइन्छ । यदि यो भाइरस भएको जनावरले कुनै व्यक्तिलाई टो-क्यो भने जनावरको ¥यालबाट उक्त भाइरस शरीरमा प्रवेश गर्छ । यो भाइरसले एकदमै तिब्र रुपमा स्नायु प्रणालीमा आ`क्रमण गर्छ । र, यो मृ`त्युको कारण समेत बन्न सक्छ ।
त्यसैले कुकुरले टोक्नसाथ तुरुन्तै चिकित्सकको परामर्श लिनुपर्छ र एन्टि रेबिज इन्जेक्सन लगाउनुपर्छ, जनकपुरधामका वरिष्ठ चिकित्सक डा. विजय कुमार सिंहले भने ।
बहुलाहा कुकुरले शिवचोकदेखि मिल्स एरियासम्ममा हिलडुल गर्ने अधिकांशलाई टोकेको हो । जनकपुरधाममा कुकुर आ`तंकको कारण स्थानीयहरु निकै त्र`सित छन् । बहुलाहा कुकुर मान्छेलाई टोक्दे एकचौकदेखि अर्को चौकमा भाग्ने गरेको स्थानीयहरुले बताएका छन् ।