अर्थमन्त्रीको कडा एक्सन, २०% सरकारी सुबिधा कटौती, एकैदिनमा करोडौं बचत


सरकारी सुविधाको इन्धनमा २० प्रतिशत कटौती, असारसम्म लागू हुने



प्रकाशित मिति । वैशाख ५, २०७९ ।

छुट्टै ऐनबाट इन्धन सुविधा पाइरहेका पदाधिकारीको इन्धन सुविधामा पनि २० प्रतिशतले कटौती गर्ने ।




काठमाडौँ — पेट्रोलियम पदार्थको उच्च आयातका कारण सरकारको विदेशी मुद्रा सञ्चिती घट्दै गएर भुक्तानी सन्तुलन बिग्रिएपछि सरकारले इन्धन खर्च कटौती गर्ने निर्णय गरेको छ ।

गत चैत ३० गतेको मन्त्रिपरिषद् बैठकले सरकारी सुविधाको इन्धनमा २० प्रतिशतले कटौती गर्ने निर्णय गरेको अर्थ मन्त्रालयले जनाएको छ ।

चालु आर्थिक वर्षका लागि सरकारले इन्धन खर्च शीर्षकमा छुट्याइएको बजेट कटौती गर्ने निर्णय गरेको हो । ‘इन्धन शीर्षकमा विभिन्न मन्त्रालय, निकाय तथा सरकारसँग सम्बद्ध सार्वजनिक संघ–संस्थाले बाँकी बजेटको २० प्रतिशत गर्नुपर्नेछ,’ अर्थ मन्त्रालयले सोमबार जारी गरेको सूचनामा जनाइएको छ, ‘यो निर्णय विकास आयोजनाहरु, शान्ति सुरक्षा, अत्यावश्यक सेवा र आगामी स्थानीय तहको निर्वाचनका लागि भने लागू हुने छैन ।’

छुट्टै ऐनबाट इन्धन सुविधा पाइरहेका पदाधिकारीहरुलाई इन्धन सुविधा २० प्रतिशतले कटौती गर्ने पनि सरकारले निर्णय गरेको छ । सरकारको यस्तो निर्णय आगामी असार मसान्तसम्म लागू हुने पनि अर्थ मन्त्रालयले जनाएको छ ।

त्यस्तै, यो निर्णय पालनाको अनुगमन सबै केन्द्रीय निकायहरु, सबै संवैधानिक निकायहरु र प्रदेशको हकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र स्थानीय तहमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गर्नेछ ।

धनकुटामा कांग्रेसबाट प्रमुखमा १७ र उपप्रमुखमा १० आकांक्षी, एमालेबाट प्रमुखमा २० र उपप्रमुखमा १६

धनकुटा, उदयपुर — आगामी स्थानीय तह निर्वाचनका लागि अधिकांश राजनीतिक दलमा उम्मेदवारका आकांक्षी बढे पछि धनकुटाको राजनीतिक नेतृत्वलाई व्यवस्थापन गर्न हम्मेहम्मे परेको छ । नेकपा एमालेविरुद्ध गठबन्धनका दलहरू चुनावी मैदानमा प्रतिस्पर्धा गर्दै छन् ।

अघिल्लो स्थानीय तह निर्वाचनमा मुलुकभरमै एमालेले क्लिनस्विप गरेको एक मात्र जिल्ला धनकुटामा गठबन्धन एमाले किल्ला भत्काउने सुरमा छ । उता एमालेले विगतको भन्दा संगठनलाई मजबुत बनाएको भन्दै सबै स्थानीय तहमा आफ्नो पुनरावृत्ति हुने दाबी गर्दै आएको छ ।

निर्वाचन नजिकिँदै आए पनि एमाले र गठबन्धन दलले उम्मेदवारको टुंगो भने लगाउन सकेका छैनन् । आकांक्षीको भीड बढेकाले सकस भएको नेतृत्वले बताउँदै आएको छ । तीन नगर र चार गाउँपालिका रहेको जिल्लामा सबै राजनीतिक दलका आकांक्षी उल्लेख्य छन् ।

खासगरी गठबन्धनको नेतृत्व दल कांग्रेस र आफ्नो मजबुत किल्ला सावित गरेको एमालेमा आकांक्षीको तँछाडमछाड चलेको छ । कांग्रेसले चैत अन्तिम सातासम्म उम्मेदवारीको नाम टुंग्याउने बताउँदै आए पनि अझै अलमलमा छ । कांग्रेस जिल्ला सभापति दिनेश राईको कांग्रेसमा आन्तरिक समस्या टुंगिन लागेको र गठबन्धनको समस्या बाँकी रहेको बताए । उनले भने, ‘प्राविधिक विषय मिल्न र गठबन्धनमा सन्तुलन मिलाउन गाँठो फुकाउन बाँकी छ ।’

 



सम्बन्धित
Loading...