रजत प्रताप शाह मेयर पदको उम्मेदवारको टिकट पाएको निराधार : सभापति उपाध्याय
कपिलवस्तु । 
कपिलवस्तुको कृष्णनगर नगरपालिकाको मेयर पदको उम्मेदवारको रुपमा रजत प्रताप शाहले नेपाली काँग्रेस पार्टीले टिकट दिएको कुरा निराधार रहेको ३ नम्बर क्षेत्रीय सभापति ब्रम्हनन्द उपाध्यायले बताउनुभएको छ ।
उहाँले आइतबार एक प्रेस विज्ञप्ती जारी गर्दै मेयर पदको लागि शाहले टिकट नपाएको जनाउनुभयो । नेपाली काँग्रेस पार्टीबाट टिकट पाइसकेको कुरा फेसबुकमा प्रकाशन भएकोमा हाम्रो ध्यानार्षणसमेत भएको उपाध्यायले बताउनुभयो ।
विज्ञप्तीमा भनिएको छ “यसमा कुनै सत्यता नभएको र झुठो भएको व्यहोरा खण्डन गर्दछु । साथै यस किसिमका भ्रामक कुराहरु प्रकाशन नगर्न व्यहोरा अनुरोध गर्दछु” ।
क्षेत्रीय सभापति ब्रम्हनन्द उपाध्यायद्वारा हस्ताक्षरित विज्ञप्तीमा “साथै अहिलेसम्म पार्टीले कुनै पनि पदको टिकटको निर्णय नगरेको अनुरोध गर्दछु” भनि उल्लेख गरिएको छ ।