कृषि गणना गर्न भोलिदेखि गणक घरघरमा आँउदै, सही सूचना दिन आग्रह


 



 

राष्ट्रिय कृषि गणना कार्यक्रमका लागि छनौट भएका गणकहरु मंगलबार  ( आजदेखी ) घरघरै आउँदैछन् ।
नवलपुरमा ५५  गणक र १४ जना सुपरीवेक्षक कृषि गणनाका लागि खटाइदैन छ । कृषि गणना कार्यालय नवलपुरले तथ्याङ्क सङ्कलनका लागि खट्ने गणकहरूलाई आवश्यक सामाग्री प्रदान समेत गरेको छ ।

 




कार्यालय प्रमुख रेणु घिमिरेका अनुसार गणकहरुलाई झोला , टिसर्ट , परिचयपत्र , टोपी , क्याल्कुलेटर , प्रश्नावली , छाता लगायतका सामाग्री उपलब्ध गराइएको छ । गत चैत २५ देखि वैशाख ३ गते सम्म गणक तथा सुपरीवेक्षकलाई तालिम प्रदान गरिएको थियो । तालिम पछि उनीहरूलाई  सामाग्री प्रदान गर्ने कार्य जारी रहेको छ ।

 

सोमबार सम्म  सबै गणकलाई सामाग्री प्रदान गरेर सक्ने र अााजदेखि घरघरमा तथ्याङ्क संकलन गर्न गणक खटिने घिमिरेले जानकारी दिनुभयो । बैशाख ६  देखि जेठ १९ गते ४५ दिनसम्म गणकहरु घरघरमा पुगेर तथ्याङ्क संकलन गर्नेछन् । 

 

 

जिल्लामा रहेको आठ वटा पालिकाको १५५ वटा गणना क्षेत्रमा पहिलो चरणमा  सूचीकरण र दोश्रो चरणमा स्याम्पलिङ गर्ने काम गर्ने घिमिरेले जानकारी दिनुभयो । ‘सुपरीवेक्षकले संस्थागत फर्म  र सामुदायिक प्रश्नावली भर्ने र गणकको मोनिटरिङ तथा सहजीकरण गर्ने कार्य गर्नेछन् भने , गणकहरुको मुख्य काम भने , उहाँहरूको तोकिएको गणना क्षेत्रमा गएर त्यहाँको वडा अध्यक्षसँग समन्वय गरि  मातहतमा रहेर सूचीकरण गर्ने काम गर्नुहुन्छ । ’ घिमिरेले भन्नुभयो ।

 

घिमिरेले घरघमा आउने गणकहरुलाई सत्यतथ्य सुचना उपलब्ध गराउनु समेत आग्रह गर्नुभएको छ । उहाँले भन्नुभयो – ‘छनौटमा परेका कृषि क्षेत्रका कृषक परिवारलाई हामी अपिल गर्छौँ कि ? 

 

 

यहाँहरूले सत्यतथ्य सूचना उपलब्ध गराएर, गणकले जे सोध्नुहुन्छ त्यसको सही उत्तर दिएर सातौँ राष्ट्रिय कृषि गणना सफल पनि हुन्छ र त्यसैको आधारमा हाम्रा पालिकाको , जिल्लाको १० वर्षको लागि कृषिको पूर्वाधार ( योजना , नीति , बजेट , अनुगमन र मल्याङ्कन ) गर्न, यथार्थ तथ्याङ्कले कृषिको विकास लागि पनि सहयोग गर्छ । ’

 

 

नवलपुरमा आठ पालिकाहरूमा  गणना क्षेत्र कावासोतीमा  २४, देवचुलीमा २२ , गैँडाकोटमा २१ , मध्यबिन्दु २३ , विनयी त्रिवेणीमा २० , हुप्सेकोटमा १५ , बौदीकालीमा १३ र बुलिङटारमा १७ कायम गरिएको छ । 

 

 

यस गणना यो पटकको सातौँ र संघीयता आएपछिको पहिलो हो । कार्यालय प्रमुख  घिमिरेका अनुसार कृषि क्षेत्रको निति निर्माण , योजना तर्जुमा , कार्यान्वयन , अनुगमन तथा मूल्याङ्कनका लागि देशलाई आवश्यक पर्ने आधारभूत तथ्याङ्कहरू  प्राप्त गर्ने उद्देश्यका साथ कृषि गणना कार्य २०१८ सालदेखि १० – १० वर्षको अन्तरालमा केन्द्रिय तथ्याङ्क विभागले कृषि गणना गर्दै आइरहेको छ । 

 

 

यस्तै गणहरुले सही तरीकाले काम गरेका छन् कि छैनन् भन्ने कुराको अनुगमन गर्ने कार्य समेत हुने उहाँको भनाइ छ । ‘वडामा वडा अध्यक्ष्ँको समनवयमा , पालिकामा उपाध्यक्ष र उपप्रमुखको समन्वयमा समिति बनेको छ भने जिल्लामा प्रमुख जिल्ला अधिकारीको समनवयमा समिति बनेको छ । आवश्यकता अनुसार यो समितिले गणक सुपरीवेक्षकले गरेको कामको अनुगमन गर्छौँ । ’

 

 



सम्बन्धित
Loading...