दुर्घटनामा घाइते थारु कल्याणकारिणीसभा कैलालीका सभापति लाहुरामकाे मृत्यु


 



थारु कल्याणकारिणीसभा कैलालीका सभापति लाहुराम चौधरीको निधन भएको छ ।

 

मोटरसाइकल दुर्घटनामा परी गम्भीर घाइते चौधरीको मंगलबार उपचारका क्रममा निधन भएको हो ।

 




वैशाख ३ गते धनगढीको मिलनचौकमा उनी मोटरसाइकल दुर्घटनामा परी गम्भीर घाइते भएका थिए ।

 

धनगढीकै माया मेट्रो अस्पतालमा उपचारकाे क्रममा उनको मृत्यु भएको कैलाली प्रहरीले जनाएकाे छ ।

 

कावासोतीमा वैसाख १२ र १३ गते कोभिड १९ विरुद्द बुस्टर डोज लगाईदै

 

कावासोती नगरपालिकामा चैत ११ र १२ गते कोभिड १९ विरुद्दको बुस्टर डाज लगाईदै छ ।

 

कावासोती नगरपालिका नगर कार्यपालिकाको कार्यालयद्वारा जारि सुचना अनुसार पछिल्लो खोप लगाएको ३ महिना पुुरा भएका सम्पूर्ण नागरिकहरुलाई कोभिड १९विरुद्दको बुस्टर डोज खोप लगाउने भएको हो ।

 

कावासोती नगरपालिका वडा नम्बर १ देखि ६ सम्मका नागरिकहरुलाई शिवमन्दिर स्वास्थ्य चौकि, अठ्ठाईस बिघामा र वडा नम्बर ७ देखि १० सम्मका नागरिकलाई कावासोती स्वास्थय चौकि, मगरकोटमा खोप लगाईने जनाईएको छ ।

 

त्यसैगरी कावासोती नगरपालिका वडा नम्बर ११ देखि १३ का नागरिकलाई पिठौली स्वास्थ्य चौकि, पिठौली , वडा नम्बर १४ देखि १६ लाई अग्यौली स्वास्थ्य चौकि, अग्यौली र वडा नम्बर १७ लाई कुमारवर्ती स्वास्थ्य चौकि, गोछडामा खोप लगाईने जनाईएको छ ।

 



सम्बन्धित
Loading...