भू–माफियाले कब्जा गर्न खोजेको जग्गा सरकारी !




कावासोती । पूर्वी नवलपरासीको कावासोती नगरपालिका ९ र १४ को बीचमा पर्ने भूमाफियाले कब्जा गर्न खोेजेको जग्गा सरकारी भएको खुलेको छ ।

 

साविक अग्यौली गाविस २ क कित्ता नं. १ को ४ विगाहा ३ कठ्ठा १४ धुर जग्गा भूमाफियाले आफूले किनेको भन्दै कब्जा गर्न खोजेको थियो ।

 




उक्त जग्गाको विषयमा दाउन्ने साप्ताहिक र दाउन्ने न्यूजमा समाचार प्रकाशित भएपछि कावासोती नगरपालिकाले छानविन समिति समेत बनाएको थियो ।

 

उक्त छानविनको क्रममा उक्त जग्गा सरकारी भएको खुलेको हो । उक्त जग्गा एउटै व्यक्ति सँग एउटा समूह २०३३ सालमा र अर्को समूहले २०६२ सालमा किनेको दावी गर्दै कावासोती नगरपालिका वडा नं. १४ को वडा कार्यालयमा भूमिहिन सुकुम्बासी, दलित सुकुम्बासी र अव्यवस्थित बसोबासीको नाममा तथ्यांक संकलन गर्दा आफ्नो दावी गर्दै आफ्नो नाममा लालपूर्जा पाउन फारम भरेको कावासोती १४ को तथ्यांकमा देखिन्छ । कित्ता नंं १ को जग्गा क्षेत्रफल ४–३–१४ देखिएपनि ११ जनाले ९ विगाहाबढी दावी गरेको छ ।

 

कावासोती १४ को पत्र

 

आफूले किनेको दावी गरेको जग्गा छानविनको क्रममा सरकारी भएको खुल्न आएको छानविन समितिका अध्यक्ष एवम् कावासोती ५ का वडा अध्यक्ष हरि बास्तोलाले बताए ।

उक्त जग्गा २०६६ सालमा नेपाल सरकारको नाममा लालपूर्जा आएको छ ।

 

नेपाल सरकारको नाममा रहेको लालपूर्जा

 

उक्त जग्गा भूमाफियाले हडप्न खोजेको भन्दै कावासोती ९ का बासिन्दाले जग्गा संघर्ष समिति गठन गरेर जग्गा संरक्षणमा लागेका छन् । संरक्षण समितिका अध्यक्ष टंक प्रसाद लुइटेलले उक्त जग्गामा अझै पनि केही स्थानीयले अतिक्रमण गरेको बताउँदै नापी गरेर अतिक्रमित क्षेत्रबाट उनीहरुलाई हटाइने बताए ।

 

कावासोतीको ९० विगाहा जग्गामा हडप्न भूमिया सक्रिय, नगरपालिकाले बनायो छानविन समिति

 

 



सम्बन्धित
Loading...