ललितपुरको अक्सिजन प्लान्टमा विष्फोट हुँदा एकको मृत्यु, ६ घाइते


 



 

ललितपुर जिल्लाकाे पाटन औद्योगिक क्षेत्रमा रहेको सगरमाथा ग्याँस कारखानामा आज (बिहिबार) बिष्फोट हुँदा एक जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन ।

 




एक जनाको घटनास्थलमै मृत्यु भएको ललितपुर प्रहरीले जनाएकाे छ । अन्य घाइतेलाई उपचारका लागि अस्पताल लगिएको छ ।

 

मृतक र घाइतेलाई कारखानामा काम गर्ने मजदुरहरु रहेको प्रहरीले जनाएकाे छ । घाइतेहरुलाई पाटन र बीएण्डबी अस्पताल लगिएको छ ।

 

ग्याँस कारखाना भित्र अहिले पनि छिर्ने अवस्था समेत नरहेको ललितपुर प्रहरीले बताएको छ ।

 

अक्सिजन भर्ने क्रममा एक्कासी विष्फोट भएको महानगरीय प्रहरी परिसर, ललितपुरका एसपी सिद्धिविक्रम शाहले बताए । अहिले प्रहरीले प्लान्टमा कार्यरत श्रमिकलाई उद्धार गरिरहेको छ ।

 



सम्बन्धित
Loading...