ट्रयाक्टरको ठक्करबाट बालिकाको मृत्यु


 



बर्दियाको बासगढी नगरपालिका–७ गौरीपारामा बुधबार साँझ ट्रयाक्टरको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ ।

 

मृत्यु हुनेमा स्थानीय लक्ष्मी नारायण यादवको एक वर्षीया छोरी शिवानीजी रहेकी छन् । उनको घटनास्थलमै मृत्यु भएको हो ।

 




हिजो साँझ साढे ५ बजे आफ्नै घर अगाडी नम्बर नखुलेको ट्रयाक्टर पछाडी सार्ने क्रममा बालिकालाई ठक्कर दिएको थियो ।

 

दुर्घटना बारे प्रहरीलाई खबर नगरी शव सतगद गर्दै गरेका मृतकका बुबा र ट्रयाक्टर चालक मनोज यादबलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

 

जलाउँदै गरेको शव समेत प्रहरीले बरामद गरी पोष्टमार्टमका लागी गुलरिया स्थित बर्दिया अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।

 

 



सम्बन्धित
Loading...