भिरबाट लडेर म्यादी प्रहरी मृत्यु




बस्नेत चैत २८ गते म्यादीको प्रशिक्षणमा थिए । बुधबार प्रशिक्षण सकेर उनी घर गएका थिए । आज (बिहीबार) घरबाट फर्कने क्रममा भीरबाट उनी लडेको प्रहरीले जनाएको छ ।

 

४० वर्षीय बस्नेत चौतारा नवलपुर सडक खण्डको डिलबाट अन्दाजी ४० मिटर तल खसेको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका डिएसपी दक्षकुमार बस्नेतले जानकारी दिए ।

 




चौतारा अस्पतालमा पोष्टमार्टम लगायतको कार्य सम्पन्न भएपछि शव आफन्तले जिम्मा लिई गएका थिए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



सम्बन्धित
Loading...