मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

झापामा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
झापाको बाह्रदशी गाँउपालिका–३ चारपाने राजगढमा गए राति मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकल चालकको मृत्यु भएको हाे ।
मृत्यु हुने स्थानीय १९ वर्षीय दिपेश विष्ट रहेका छन् ।
दुर्घटनामा गम्भीर घाइते भएका विष्टलाइ बिर्तामोड स्थित बिर्तासिटी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
विष्टले चलाएको प्रदेश २–०३—१९ प १८ ६४ नम्बरको मोटरसाइकल बिजुलीको पोलमा ठोकिएको इलाका प्रहरी कार्यालय राजगढ झापाले जनाएको छ ।