कम्युनिष्ट पार्टीकाे स्थापना दिवसकै दिन कम्युनिष्ट नेता मदन भण्डारी र जिवराज आश्रितकाे शालिक ताेडफाेड


 



हेटौंडा-९ मा निर्माणाधीन दिव्य बाल उद्यानमा रहेको मदन भण्डारी र जीवराज आश्रितको शालिक तोडफोड भएको छ ।

 

आज बिहान पार्कमा मर्निङ वाक गर्न आएका स्थानीयले शालिक फुटाएकाे अवस्थामा देखेपछि पार्क व्यवस्थापन समितिलाई जानकारी गराएका थिए ।

 




समितिले प्रहरीलाई जानकारी गराएसँगै प्रहरीले अनुसन्धान सुरु गरेकाे छ ।

 

इलाका प्रहरी कार्यालय पशुपतिनगरका अनुसार घटनाको अनुगमन सहित अनुसन्धान थालेकाे छ  ।

 



सम्बन्धित
Loading...