दुइ मोटरसाइकल जुध्दा तीन जनाको मृत्यु


 



हुलाकी सडकखण्डअन्तर्गत सप्तरीको राजगढ गाउँपालिका–५ मलेकपुरमा आज दुई मोटरसाइकल दुर्घ’टना हुँदा तीन जनाको घट’नास्थ’लमा नै मृ’त्यु भएको छ ।

 

हनुमाननगर कङ्कालिनी नगरपालिका–३ बस्ने ३० वर्षीय पप्पु यादव, सोही ठाउँका २६ वर्षीय सन्दीप यादव र बुच्चु भनिने २५ वर्षका रञ्जीत यादवको मृत्यु भएको प्रहरी उपरीक्षक अविनारायण काफलेले जानकारी दिनुभयो ।

 




सप्तरीको भारदहबाट पथरगाडातर्फ लागि जन्ती जाँदै गरेको प्रदेश १–०२४१ प २२९६ नम्बरको मोटरसाइकल र प्रदेश १ –०२०४१ प ९५२४ नम्बरको मोटरसाइकल एकापसमा ओभरटेक गर्ने क्रममा ठोकिएका थिए ।

 

यता पूर्वी नवलपरासीको गैँडाकोट नगरपालिकाको वडा नं. ३ हर्दीमा आज साँझ अन्दाजी ५ बजेको समयमा चट्याङ्ग लागेर दुई जना गम्भीर घाईते भएका छन् ।

 

चट्याङ्ग लागेर बर्ष ४६ की सन्तमाया गुरूङ्गको टाउकोमा गम्भीर चोट लागेको छ । अन्दाजी बर्ष ५३ की बिष्णु माया सिंजालीको टाउको र हातमा चोट लागेको पीडितका आफन्त बिरध्वज गुरूङ्गले जानकारी गराए ।

 

घरमै बसिराखेको अवस्थामा एक्कासी चट्याङ्ग लागेर टाउकोमा गहिरो चोट लागेका घाईतेको भरतपुर अस्पताल चितवन र चितवन मेडिकल कलेजमा ईमरजेन्सी उपचार भैरहेको इलाका प्रहरी कार्यालय गैडाकोटले जनाएको छ ।



सम्बन्धित
Loading...