चट्याङ लागेर एकजना जनाको मृत्यु


 



रौतहटको उत्तर पश्चिमी भेग फतुवा विजयपुर नगरपालिकामा चट्याङ लागेर एकजनाको मृत्यु भएको छ ।

 

इलाका प्रहरी कार्यालय विजयपुर लक्षमिनियाका अनुसार नगरपालिकाको वडा ११ का स्थानीय २५ वर्षका प्रदीप चौधरीको चट्याङ लागेर मृत्यु भएको हो ।

 




गएराती चौधरी केही साथीहरूको साथमा बजारबाट घरतर्फ गइरहेको बेला हावाहुरीसँगै चट्याङ पर्दा चौधरी गम्भीर घाइते भएका थिए ।

 

उनलाइ उपचारको क्रममा निजगढस्थित अस्पतालमा  लगिएकाे र  राति नै मृत्यु भैसकेको प्रहरी कार्यालय विजयपुरले बताएकाे छ।



सम्बन्धित
Loading...