घरबाहिरबाट ढोका लगाई बच्चालाई भित्र छाड्दा आग-लागीमा परी ४ बालबालिका नि’धन

कर्णली । तिला गाउँपालिका–३ जुम्ला कुडारी सार्कीवाडा गाउँमा गए राति आग-लागी हुँदा चार बालबालिकाको मृ-त्यु भएको छ ।
गाउँपालिकाका अध्यक्ष रतननाथ योगीका अनुसार उक्त घरका श्रीमान श्रीमती घरमा आएका पाहुँनालाई निजको घरमा पुर्याउन भनि सुतिरहेका बालबालिकालाई बाहिरबाट ढोका ब’न्द गरेर २० मिनेट अघि मात्र निस्केको र फर्कदा घर जलि’रहेको थियो ।
आगलागीबाट मानसिं सार्कीका दुई छोरी, एक छोरा र एक भान्जीको मृ’त्यु भएको छ । मृत्यु हुनेमा सार्कीका छोरीहरु ११ वर्षीया अनु र तीन वर्षीया दर्शना तथा एक वर्षीय छोरा दीपेश र भान्जी १४ वर्षीया तिर्सना सार्की रहेको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी प्रमुख नायब उपरीक्षक नरेन्द्र चन्दले जानकारी दिए ।
“आग’लागीबारे राति ११ः४५ बजे हामीलाई जानकारी भयो”, प्रहरी नायब उपरीक्षक चन्दले भने, “सूचना पाउने बित्तिकै जिल्लाबाट प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसाईसहितको टोलीले त्यहाँ पुगेर आ’गो नियन्त्रणमा लियो ।” आग-लागीबाट घरको दोस्रो र तेस्रो तला पूर्ण-रुपले क्ष’ति भएको उनले बताए ।
आग-लागीका कारण बेहोस भएका मानसिं र उनकी श्रीमती फागुनी तथा बहिनी रुन्चकलीलाई उपाचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याइएको छ । मृत’क चारै बालबालिकाको श’व परीक्षणका लागि प्रतिष्ठानमा ल्याउँदै गरेको उनले बताए । घटना कसरी भएको भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
