शुरु भयो स्थानीय तहको निर्वाचनः आज र भोलि मनोनयन दर्ता, ३० गते मतदान
कावासोती । बैंशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको निर्वाचन प्रक्रिया आजबाट शुरु भएको छ ।
आज अर्थात आइतबार विहान १० बजेदेखि मनोनयन दर्ता शुरु हुने छ । मनोनयन सोमबार साँझ ५ बजे सकिने छ । मनोनयन बैशाख ११ गते विहान १० बजेबाट शुरु भएर बैशाख १२ गते साँझ ५ बजे सकिने छ ।
तालिका अनुसार बैशाख १२ गते साँझ ५ बजेदेखि ६ बजेसम्म मनोनयन दर्ता भएका उमेदवारहरुको सूची प्रकाशित गरिने छ । बैशाख १३ गते उमेदवार विरुद्ध उजुरी गर्न पाइने प्रावधान राखिएको छ ।
त्यसैगरी १४ र १५ गते उजुरी माथि जाँच र निर्णय गर्ने समय तालिका राखिएको छ भने १५ गते उमदेवारहरुको नामावली प्रकाशन गरिने छ ।
बैशाख १६ गते साँझ ५ बजेसम्म उमेदवारहरुले आफ्नो नाम फिर्ता लिने समय निर्धारण गरिएको छ भने १६ गते साँझ ५ देखि ६ बजे उमेदवारहरुको अनितम नामावली प्रकाशन गरिने छ।
बैशाख १७ गते उमेदवारहरुलाई चुनाव चिन्ह प्रदान गरिने निर्वाचन आयोगको तालिकामा उल्लेख गरिएको छ।
२७ गते राति १२ बजेबाट मौन अवधि शुरु हुने छ भने बैशाख ३० गते विहान ७ बजेबाट सबै मतदान केन्द्रहरुमा मतदान शुरु हुने छ । पहिलाे दिन मनाेनयन दर्ताका लागि फारम लगेपनि केही साना दलहरूबाट मात्र उमेदवारी परेकाे छ ।
निर्वाचन तालिका
