बसले कारलाई ठक्कर दिंदा, पाँच जनाको नि’धन
घादिङ । धादिङको थाक्रे गाउँपालिका–७ मा पर्ने पृथ्वी राजमार्गको जुगेखोलामा आइतबार दिउँसो भएको सवारी दुर्घ’टनामा पाँचजनाको ज्या’न गएको छ ।
आइतबार दिउँसो काठमाण्डौंबाट धादिङबेसीका लागि छुटेको बा ५ ख ८४४३ नम्बरको बसले चितवनको मुग्लिनबाट काठमाण्डौं जाँदै गरेको बागमती प्रदेश ०१–०२५ च २९६८ नम्बरको कारलाई ठक्क’र दिँदा कारमा सवार ५ जनाको ज्या’न गएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक एवम प्रवक्ता जागेश्वर भण्डारीले जानकारी दिए ।
दुर्घटनामा परी ज्या’न गुमाउनेहरुमा कारका चालक तनहँु खैरेनीका अन्दाजी ३६ वर्षीय दिलबहादुर बस्नेत, भारत उत्तरप्रदेशका ४० वर्षीय बिमलचन्द्र अग्रवाल, ३५ वर्षीया साधना अग्रवाल, ४० वर्षीया सन्ध्या अग्रवाल, ५५ वर्र्षीय राकेश अग्रवालको मृ’त्यु भएको हो ।
दुर्घटनामा घा’इते भएका उनीहरुको उपचारका क्र’ममा चालक डिलबहादुर र बिमलचन्द्रको टिचिङ अस्पताल र अन्यको ट्रमा सेन्टरमा मृ’त्यु भएको हो । बसमा सवार धादिङ नीलकण्ठ नगरपालिका वडा नं ११ का २४ वर्र्षीय राम परि’यार घाइते भएका छन् । घाइतेको ट्रमा सेन्टर काठमाडौंमा उप’चार भइरहेको छ ।
कारचालक तनहुँ खैरेनी घर भएका वर्ष ३५ का दिलबहादुर बस्नेत, भारत उत्तरप्रदेश घर भएका अन्दाजी वर्ष ५०-५५ का विमलचन्द्र अग्रवाल, सोही ठाउँ घर भएका अन्दाजी वर्ष ३५-३६ का साधना अग्रवाल, वर्ष ४०-४२ का सन्ध्या अग्रवाल र वर्ष ५०/५५ का राकेश अग्रवाल रहेको जिल्ला प्रहरी कार्यालय धादिङले बताएको छ । मृ’तक भारतीय नागरिकहरु नेपाल घुम्न आएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परेर बसमा सवार १ जना भने घा’इते भएका छन् । घा’इते हुनेमा धादिङको निलकण्ठ नगरपालिका ११ का २४ वर्षीय राम परियारको काठमाडौंमा उप’चार भइरहेको प्रहरीले जानकारी दिएको छ ।
मृ’त्यु भएकाहरु चारैजना ए’उटै गाउँको रहेको प्रहरीले जनाएको छ । ट्याक्सीलाई ओभरट्याक गरेको कार ओरालोमा ती’व्र गतिमा आएको बससँंग ठोक्कि’एपछि दुर्घ’टना भएको हो । नेपाल घुम्नका लागि गत वैशाख ७ गते नेपाल आएका उनीहरु आइतबार पोखराबाट काठमाडांै फर्कदै थिए । सोमबार दिल्ली फर्कने टिकट समेत फेला परेको प्रहरीले जनाएको छ ।





