नवलपुरः काँग्रेस नै गठबन्धनकाे विराेधमा, गैँडाकोटमा विरोध जुलुस




नवलपुरकाे गैँडाकोट १० मा पनि नेपाली काँग्रेसका क्रियाशील सदस्यहरुले गठबन्धनको विरोध जनाएका छन् । गठबन्धनमा राष्ट्रिय जनमोर्चाले गैँडाकोट १० को वडा अध्यक्ष प्राप्त गरेको छ ।

 

काँग्रेसका क्रियाशीलहरुले काँग्रेस बलियो अवस्थामा हुँदा हुँदै पनि नेतृत्व अरुलाई सुम्पनु लज्जाको विषय भएको बताउँदै विरोध गरेका हुन् ।




विरोध स्वरुप गैँडाकोट १० का वडा सभापति प्रेम खरेलकै घर अघि उनिहरुले टायर बालेर विरोध प्रदर्शन गरेका छन् ।

 

गैँडाकोट १० को नेतृत्व नेपाली काँग्रेसकै पक्षमा रहनुपर्दछ भन्दै वडा सभापतिलाई गठबन्धन नगर्न दबाब दिन क्रियाशील सदस्यहरुले विरोध गरिएको क्रियाशील सदस्यहरुले बताएका छन् ।

 

नवलपुरमा गठबन्धन भित्र काँगे्रसकै विरोधः १५५ जना भन्दा बढीले दिए सामुहिक राजीनामा

 

नवलपुरको गैंडाकोट नगरपालिकामा गठबन्धनको विरोध गर्दै वडा सभापतिसहित १५५ जना भन्दा बढीले कांग्रेस कार्यकर्ताले सामूहिक राजीनामा घोषणा गरेका छन् । नेपाली कांग्रेस गैँडाकोट नगर कमिटी वडा नं. ८ ले गठबन्धनको विरोध गर्दै नगर सभापति समक्ष राजीनामा दिएका हुन् ।

 

वडा सभापति रामप्रसाद सापकोटासहित वडा समितिमा आवद्ध रहेका सबैले नगरसभापति बद्री सापकोटा समक्ष राजीनामा दिएका हुन् । राजीनामा पत्रमा १५५ जनाभन्दा बढलेको हस्ताक्षर रहेको छ ।

 

नेपाली कांग्रेसको नगर पार्टी कार्यालयमा दबावमूलक तथा सामूहिक राजीनामा कार्यक्रममा सहभागी वडा सभापति रामप्रसाद सापकोटासहित कांग्रेस कार्यकर्ताले कांग्रेस मास्न पाइदैन, गठबन्धन चाहिदैन, नेपाली कांग्रेस जिन्दावाद, गठबन्धन मुर्दावाद जस्ता चर्का नारावाजी गरेका थिए ।



सम्बन्धित
Loading...