नवलपुरका सबै पालिकामा टुंगायो एमालेले उमेदवार



नवलपुर । नेकपा एमालेले नवलपुरका सबै पालिकामा उमेदवारहरु टुंगो लगाएको छ । । एमालेको प्रदेश कमिटिको वैठकले ८ वटै पालिकाका उमेदवारहरुको नाम औपचारिक रुपमा टुंगाएको हो ।



एमालेले गैडाकोटबाट नगरप्रमुखमा छत्रराज पौडेललाई दोहोराउने भएको छ । गैडाकोट उपमेयरमा चेतना अर्यालको नाम टुंगो लगाएको छ ।

त्यसैगरी कावासोतीबाट एमालेले नगरप्रमुखमा विष्णु भुसाल र फुल कुमारी महतोले उपप्रमुखमा अगाडि सारको छ ।




त्यसैगरी मध्यविन्दु नगरपालिकामा नगरप्रमुखमा भीमलाल अधिकारी र उपप्रमुखमा पूर्णकला महतोको नाम टुंगो लगाएको छ ।

 

एमाले स्रोतका अनुसार देवचुली नगरपालिकामा एमालेले नगरप्रमुख र उपप्रमुखमा पुरानै उमेदवारलाई दोहोर्याउने निर्णय गरेको छ । नगरप्रमुखमा हरि न्यौपाने र उपप्रमुखमा पार्वता तिवारीलाई दोहोर्याउने निर्णय गरेको छ ।

 

त्यसैगरी विनयी त्रिवेणी गाउँपालिकामा अध्यक्षमा घनश्याम गिरी र उपाध्यक्षमा भगवती वैदवारको नाममा सहमति जुटेको छ ।

यता हुप्सेकोट गाउँपालिकामा भने नेकपा एमालेले मनोनयन दर्ता समेत गरिसकेको छन् । हुप्सेकोट गाउँपालिकाबाट एमालेबाट अध्यक्षमा चेतन राना र उपाध्यक्षमा मनि पाण्डे जमुनाले मनोनयन दर्ता गरिसकेका छन् ।

 

बुलिङ्गटार गाउँपालिकामा अध्यक्षमा दिपेन्द्र सुनारी र उपाध्यक्षमा भूमिका खण्डलुकको नाम टुंगो लागेको छ ।

बौदीकालीमा भने एमालेले यस अघि नै उमेदवार टुंगाईसकेको छ । बौदीकालीमा एमालेले आज मनोनयन दर्ता गर्ने जनाएको छ । बौदीकालीमा एमालेले अध्यक्षमा प्रकाश ओझा र उपाध्यक्षमा डिलकुमारी सारुको नाम सर्वसम्मत तय गरेको हो ।

नवलपुरमा एमालेका उमेदवारहरु

गैडाकोट नगरपालिका
नगरप्रमुख छत्रराज पौडेल
उपप्रमुख चेतना अर्याल

 

कावासोती नगरपालिका

नगरप्रमुख विष्णु भुसाल
उपप्रमुख फुल कुमारी महतो

मध्यविन्दु नगरपालिका
नगरप्रमुख भीमलाल अधिकारी
उपप्रमुखमा पूर्णकला महतो

देवचुली नगरपालिका
नगरप्रमुख हरि न्यौपाने
उपप्रमुख पार्वता तिवारी

विनयी त्रिवेणी गाउँपालिका

अध्यक्ष घनश्याम गिरी
उपाध्यक्ष भगवती वैदवार

हुप्सेकोट गाउँपालिका
अध्यक्ष चेतन राना
उपाध्यक्ष मनि पाण्डे जमुना

बुलिङ्गटार गाउँपालिका
अध्यक्ष दिपेन्द्र सुनारी
उपाध्यक्ष भूमिका खण्डलुक

बौदीकाली गाउँपालिका
अध्यक्ष प्रकाश ओझा
उपाध्यक्ष डिलकुमारी सारु

 



सम्बन्धित
Loading...