सिद्धार्थ बाल विकास केन्द्रकाे नतिजा प्रकाशन


कपिलवस्तु



कपिलवस्तुकाे शिवराज नगरपालिका ५ चन्द्राैटामा अवस्थित सिद्धार्थ बाल विकास केन्द्रले शनिबार एक कार्यक्रमकाबीच परीक्षा प्रतिफल (नतिजा) प्रकाशन गरेकाे छ । बाल विकास केन्द्रमा अध्ययनरत बालबालिकाले ६० प्रतिशत भन्दा बढी उत्कृष्ट अंक प्राप्त गर्न सफल भएकाे जनाइएको छ । हाल केन्द्रमा २९ जना बालबालिका अध्ययनरत छन् । केन्द्रले मन्टेश्वरी सिकाईकाे माध्यमबाट बालबालिकालाई अध्ययन गराउँदै आएकाे बाल विकास केन्द्रले जनाएको छ ।

बाल विकास केन्द्रीका केन्द्रीय विषय विशेषज्ञ अवधेश कुमार माैर्यले बाल विकास केन्द्रकाे उचित व्यवस्थापनकाे साथै बालमैत्रीपूर्ण वातावरणमा बाल शिक्षण सिकाई गर्दै लैजानुपर्ने बताए । शैक्षिक सामग्रीकाे माध्यमबाट बालबालिकाहरुकाे सिकाई क्रियाकलापमा जाेड दिन आवश्यक रहेकाे उनले बताए । उनले भने, “शैक्षिक सामग्री बालबालिकाहरुकाे अध्ययनका लागि अति उपयुक्त हुन्छ, यसले विद्यार्थीकाे मानसिक तनावलाई कम गर्छ र तनावरहित वातावरणमा अध्ययनले स्वतन्त्रताकाे महसुस हुन्छ” ।




यसरी बालबालिकाकाे शारीरिक, मानसिक, सामाजिक र संवेगात्मक विकासमा कुनै पनि खालकाे अवरोधसमेत नहुने र उनीहरुको बृद्धि र विकासमा असर नपर्ने उनकाे भनाइ छ । “बच्चाले पढ्दै, सिक्दै जाओस्, आफै खाेजी-खाेजी पढाेस् तर उसलाई पढाइकै कारण बाल विकास केन्द्रमा अध्ययन मात्र गर्न आएकाे भन्ने महसुस नहाेस्” उनले भने । बाल विकास केन्द्रका सञ्चालक सुरेन्द्र प्रसाद चाैधरीले आगामी शैक्षिक सत्रदेखि शैक्षिक गुणस्तरीयतालाई मध्यनजर गर्दै थप व्यवस्थित बनाउँदै लैजाने बताए । उनले स्थापनाकालदेखि नै उचित व्यवस्थाकाे साथै बालमैत्री वातावरणमा बालबालिकालाई अध्ययन गराउँदै आएकाे बताए ।

बाल विकास केन्द्रका प्रधानाध्यापक दीपा चाैधरीले बालबालिकाहरुले आफै सरसफाइ गर्न नसक्ने भएकाले अभिभावकले विशेष ध्यान पुर्‍याउन आग्रह गरिन् । उनले घरमा बुवाआमाले परिवारमा दिने माया, ममता जस्तै यस शैक्षणिक केन्द्रमा साेही अनुसार बच्चालाई अध्ययन गराउने गरेकाे बताइन् ।



सम्बन्धित
Loading...