मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

काठमाडौं । सिरहाको धनगढीमाई नगरपालिका–७ मा सोमबार बिहान मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा मोटरसाइकल चालक स्थानीय १५ वर्षीय हरि नारायण महतो रहेका छन् ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका लागि अस्पताल लैजादै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
सोमबार बिहान अनटेष्ट मोटरसाइकल अनियन्त्रित भइ पल्टिएको इलाका प्रहरी कार्यालय धनगढी सिराहाले जनाएको छ ।
नेपाल : कुकुरलाई झुण्ड्याएर मारेको आरोपमा एक पक्राउ

पोखरामा कुकुर मारेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय कास्कीले पोखरा महानगरपालिका-१९ बस्ने २३ वर्षीय सुदीप परियारलाई पक्राउ गरेको छ। उनलाई प्रहरीले बिहीबार पक्राउ गरेको हो।
चैत १८ गते पोखरा-१६ जोगिमणि मार्गस्थित सार्वजनिक स्थानमा परियारले कुकुरको घाँटीमा प्लास्टिकको डोरी पासो बाँधेर रूखमा झुण्ड्याएर मारेको आरोप छ।
झुण्ड्याएर मारेपछि सेती नदीको खोंचमा फालेको र त्यसको भिडिओ समेत बनाएर सामाजिक सञ्जालमा पोष्ट गरेको कार्यालयले जनाएको छ।
अनुसन्धान गर्दा उनको मोबाइल तथा उनको फेसबुकमा समेत उक्त भिडिओ पाएको प्रहरीले जनाएको छ।
‘अहिले किन मारेको हो भन्ने खुलेको छैन। हामीले बयान लिन पाएका छैनौं,’ कास्कीका प्रहरी नायब उपरीक्षक सुन्दर तिवारीले भने, ‘सामाजिक सञ्जालमा उनले आफैंले भिडिओ हालेका थिए। हामीले देखेपछि अनुसन्धान गरेर पक्राउ गरेका हौं।’
उनीमाथि पशुपंक्षीसम्बन्धी कसूरमा प्रहरीले थप अनुसन्धान अघि बढाएको छ। जिल्ला अदालत कास्कीबाट नौ दिन हिरासतमा राख्न प्रहरीले अनुमति पाएको छ।