नवलपुरः हुप्सेकोट काँग्रेसमा टिकटको विषयमा व्यापाक विवाद




नवलपुर । पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिकामा नेपाली काँग्रेस बीच टिकटको विषयलाई लिएर विवाद भएको छ ।

अध्यक्षका दावेदार बलबहादुर रानालाई उपाध्यक्षको उमेदवार बनाइएको भन्दै असन्तुष्ट पक्षले विरोध गरेका छन् । काँग्रेसले हुप्सेकोटमा अध्यक्ष लक्ष्मी पाण्डे र उपाध्यक्षमा बलबहादुर रानालाई टिकट दिएको छ ।

 




उनीहरुले लक्ष्मी पाण्डेलाई उमेदवारी दिन नदिने गरी अवरोध समेत गरेका थिए ।

 

रानाद्वारा हुप्सेकोट उपाध्यक्षको टिकट अस्विकार

नेपाली कांग्रेस हुप्सेकोट गाउँपालिका सभापति बल बहादुर रानाले गाउँपालिका उपाध्यक्षको टिकट अस्वीकार गरेका छन् ।

स्थानीय तह निर्वाचनमा पालिका अध्यक्ष पदमा दावी गरेका रानाले पार्टीले दिएको उपाध्यक्ष पदको टिकट अस्विकार गरेका हुन् ।

रानाले टिकट अस्विकार गरेपछि पार्टीको तर्फबाट उपाध्यक्ष पदको टिकट लिएर जिल्ला नेतृत्व हुप्सेकोट पुगेको छ । आवश्यक छलफल पछि कसलाई टिकट दिने निर्णय हुने कांग्रेस स्रोतले जनायो ।



सम्बन्धित
Loading...