भिमाद नगरपालिकाको मेयरले दिए वार्ड सदस्यमा उम्मेदवारी

मेयर वार्ड सदस्यको उम्मेदवार
गत स्थानिय निर्वाचनमा एमालेबाट भिमाद नगरपालिकाको मेयर पद जितेका मेख बहादुर थापाले वार्ड सदस्यमा उम्मेदवारी दिएका छन् ।
पांच बर्ष कार्यकाल चलाएका मेयरले भिमाद २ बाट वार्ड सदस्यमा उम्मेदवारी दिएपछि धेरैले आस्चार्यभाब प्रकट गरेका हुन् ।
थापाले २०७४ को स्थनिय निकायको चुनाबमा नेपाली कांग्रेसका पुष्प पराजुली लाई हराउदै भिमाद नगरपालीकाको नगरप्रमुख पदमा निर्वाचित भएका थिए ।
मेयर भएर नगरपालीका हाकेका मेख बहादुर थापाले वार्ड सदस्यमा उम्मेदवारी दिनुको कारण वार्ड सदस्य भएर काम गर्न भने होईन ।
पांच बर्ष मेयरको कार्यकाल बिताएका मेख बहादुरको जिल्ला समन्वय समितीको सयोंजक हुने चाहानाले वार्ड सदस्यमा उम्मेदवारी दिएका हुन् ।