बिहेमा बाँडिएको चकलेट टिप्न जाँदा बालिकाको मृ`त्यु

बिहेमा बाँडिएको चकलेट टिप्न जाँदा सर्लाहीको बसबरिया गाउँपालिकामा एक बालिकाको मृ`त्यु भएको छ।
सर्लाहीको बसबरिया गापा–४ धनगढामा आज चकलेट टिप्न जाँदा डिजेसहितको रथले कि चिएर गोडैता नगरपालिका–१० सिसौटिया निवासी प्रेम पण्डितकी करिब ७ वर्षीया छोरी लक्ष्मी पण्डितको घ-टनास्थलमै मृ`त्यु भएको प्र हरीले जनाएको छ।
बसबरिया गापाको धनगढा निवासी भागिरथ राय कुर्मीको छोरा विकेश राउतको बिहेमा आज साँझ बाँडिएको चकलेट टिप्ने क्रममा बालिकाको रथले किचिएर मृ-त्यु भएको सर्लाहीका प्र-हरी प्रवक्ता प्र`हरी नायब उपरीक्षक माधवप्रसाद बुढाथोकीले जानकारी दिए।
बालिका धनगढास्थित आफ्नो मामा घर आएकी थिइन्। त्यही बेला बिहेमा चकलेट टिप्न जाँदा दु`र्घटनामा परेर ज्यान गु`माएकी हुन्। डिजे रथ प्र हरीले नियन्त्रणमा लिएको छ भने चालक फरार छन्।