५० मिटर अग्लो पर्खालबाट आमाछोराले हा`मफा`ले, आमाको घ`टनास्थलमै मृ-त्यु

भक्तपुरको मध्यपुर थिमिमा पर्खालबाट हा`मफा`ल्दामा एक महिलाको मृ`त्यु भएको छ । मध्यपुर थिमि नगरपालिका-५ कमेरेटारमा करिब ५० मिटर अग्लो पर्खालमा चढेर हा`मफाल्दा ७४ वर्षीया मनमाया तिमिल्सिनाको मृ-त्यु भएको हो ।
उनीसँगै हा-म फालेका ४९ वर्षीष छोरा मातुराम तिमिल्सिना घा-इते भएका छन् ।बुधबार राति साढे १० बजेतिर आमाछोराले पर्खालमा चढेर हा-मफालेका थिए ।
मनमायाको घ-टनास्थलमै मृ`त्यु भएको हो । छोरा मातुरामको भने मध्यपुर अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि वीर अस्पताल भर्ना गरिएको जिल्ला प्र-हरी परिसर भक्तपुरका प्र-हरी नायव उपरीक्षक राजु पाण्डेले जानकारी दिए ।
उनीहरू बस्ने डेरा नजिकै रहेको पिपलको रूखमा झण्डै ५० मिटर अग्लो पर्खाल लगाइएको छ । सोही पर्खालमा चढेर दुवै जनाले हा`म फालेका हुन् ।मोरङको सुन्दर हरैचा नगरपालिका- ९ विराटचोक घर भई हाल कमेरेटारमा डेरा गरी बस्दै आएका थिए ।
लामो समयदेखि डि-प्रेशनको औषधि खाइरहेका थिए ।घ`टनाबारे थप अ`नुसन्धान भइरहेको प्र`हरीले जनाएको छ ।