लागुऔषध सहित एक जना पक्राउ

झापाको मेचीनगर नगरपालिका-६ बाट प्रतिबन्धित लागु औषध सहित एक जना पक्राउ परेका छन् ।
बिहीबार दिउँसो साढे १२ बजे इलाका प्रहरी कार्यालय काँकडभिट्टा र लागु औषध नियन्त्रण ब्युरो काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले मोरङ मिक्लाजुङ-७ मधु मल्लाका ३५ वर्षीय सुरेश लावतीलाई पक्राउ गरेको हो ।
चेकजाँच गर्ने क्रममा लावतीको साथबाट लुपिजेसिक २७ एम्पुल, डाईजापाम २७ एम्पुल, फेनारगन-२७ एम्पुल बरामद गरी नियन्त्रणमा लिएको प्रहरीले बताएको छ ।
लागु औषध सहित पक्राउ परेका लावतीको सम्बन्धमा इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट थप अनुसन्धान भइरहेको छ ।