जोशीले पाए चुनाव चिन्ह ‘खसीको टाउको’


 



काठमाडौं महानगरपालिकाको मेयरमा उम्मेदवार आनन्दराज जोशीले चुनाव चिन्ह खसीको टाउको पाएका छन् ।

 

राष्ट्रिय यथार्थबादी नेपालका महासचिब समेत रहेका उम्मेदवार जोशीलाई मुख्य निर्वाचन अधिकृतको कार्यालयले शनिबार चुनाव चिह्न खसीको टाउको प्रदान गरेको हो।

 

 




बनेपाका मेयर वादेले त्यागे एमाले

 

बनेपा नगरपालिकाका मेयर लक्ष्मीनरसिंह वादेले नेकपा एमाले परित्याग गरेका छन् ।

 

वादे यस पटक पनि मेयरको उम्मेदवारको आकांक्षी थिए । तर एमालेले नगर इन्चार्ज रत्नकुश रञ्जितकारलाई उम्मेदवार बनाएको छ ।

 

शनिबार पत्रकार सम्मेलन गरेर मेयर वादेले आफ्नो परिवारले नै पार्टी परित्याग गरेको बताए । उनका अनुसार पार्टीमा परिवारका सदस्यसहित ४ जना संगठित सदस्य छन् ।

 

 

नेता गोकुल बाँस्कोटाको चर्को आलोचना गरेका उनले भने, ‘मैले बनेपाको एमाले करण गरेको थिएँ । अब यहाँ बसिरहनु आफ्नो सम्मानका लागि घात पर्छ भन्ने सोचेर म र मेरो परिवारका सदस्यहरु साधारण सदस्यबाट समेत राजीनामा दिएको जानकारी दिन चाहन्छु ।’

 

उनले सोमबार कार्यालय खुले लगत्तै मेयरबाट पनि राजीनामा दिने बताए ।

 



सम्बन्धित
Loading...