१४ बागी उम्मेदवारमाथि मा`ओवादीको कारबाही




नेकपा मा`ओवादी प्रदेश १ ले प्रदेशका विभिन्न जिल्लामा बागी उम्मेदवारी दिने १४ जनालाई कारबाही गरेको छ ।

 

ती मध्ये केही तीन जनालाई कारबाहीका केन्द्रमा सिफारिस गरिएको छ भने बाँकीलाई प्रदेश समितिले नै निलम्बन गरेको छ ।

 




कारबाही पर्नेहरुमा प्रदेश सदस्य भीमबहादुर अधिकारी, केपी बराल र यदु ढकाल छन् । त्यस्तै साबित्रा थापा, होमबहादुर राई, कमलध्वज राई, तिलक राई, भीमबहादुर राई, दुर्गा बुर्जा मगर, रामप्रसाद बराल र सन्तोष सुवेदीलाई प्रदेश समितिले नै निलम्बन गरेको छ ।

 

स्थानीय तहको निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारविरूद्ध बागी उम्मेदवारी दिएको भन्दै प्रदेश समितिले १४ जनालाई कारबाही गरेको हो ।

 



सम्बन्धित
Loading...