साढे चार करोडको सुन चोरी गरेको अभियोगमा भारतीय नागरिक पक्राउ


 



बुटवलमा सुन पसल चोरी गरेर फरार रहेका तीनजना भारतीय नागरिक पक्राउ परेका छन् ।

 

वैशाख १३ गते राति बुटवल उपमहानगरपालिका ६ स्थित बीपी चोकमा रहेको गुल्मेली मजुवा सुनचाँदी पसलमा गरगहना चोरी गरेर तीनजनालाई आज जिल्ला प्रहरी कार्यालय भैरहवाले सार्वजनिक गरेको हो ।

 




जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख रवीन्द्र रेग्मीका अनुसार पक्राउ पर्नेमा भारत जौहरी मोहल्ला चौक उत्तर प्रदेश बस्ने वर्ष ३६ का मोहसिन अब्दुल्ला खान, भारत साई एन्क्लेव गोमती बिहार कोलोनी लखनउ उत्तर प्रदेश बस्ने वर्ष २५ का मोहद जीशान खान र भारत तकिया पेपर मिल कालोनी सी ब्लक २ निशातगँज महानगर लखनउ उत्तर प्रदेश बस्ने वर्ष २२ का मोहम्मद सारीक रहेका छन् ।

 

बुटवल ६ स्थित बीपी चोकस्थित दिलबहादुर सुनारले संचालन गरेको गुल्मेली मजुवा सुनचाँदी पसलबाट साढे चार करोड भन्दा बढी मूल्यको सुन र गहना चोरी भएको थियो ।

 

इलाका प्रहरी कार्यालय बुटवल र इलाका प्रहरी कार्यालय लुम्बिनीबाट खटिएको टोलीले खोजतलासको क्रममा वैशाख २६ गते साँझ लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नं.४ बाट पक्राउ गरेको हो ।

 

भारतीय नम्बर प्लेट यूपी ३२ एलडब्लू ३१५१ वागोनर गाडी जाँच गर्दा उक्त गाडीमा सवार उनीहरु पक्राउ परेको पत्रकार सम्मेलनमा जानकारी दिइयो । उनीहरूलाई प्रहरी हिरासतमा राखी चोरी मुद्दामा थप अनुसन्धान भइरहेको रेग्मीले बताए ।

 

 



सम्बन्धित
Loading...